हेटौँडा आईडलमा दिपक कालिराज र प्रेम बैठालाई यसरी गरौँ भोट

२६ फाल्गुन २०७५, आईतवार १५:५५
Prem Baitha & Deepak Kaliraj-Murchunga TV

हेटौँडा, २६ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ मा उत्कृष्ट ७ जना छनौट भएका छन् । उत्कृष्ट ७ मा प्रेम बैठा र दिपक कालिराज पनि छनौट भएका छन् ।

उत्कृष्ट ७ मा पर्न सफल दिपकले गीत गाएर दर्शक र आईडलका निर्णायकहरुका ध्यान आफुतिर तान्न सफल भएका छन् । राम्रो स्वर भएका कारण उनको भविष्य राम्रो भएको पनि निर्णायकहरुले कमेन्ट दिएका थिए । सबैले आवाज मिठो छ भन्ने कमेन्ट दिने गरेको बताउँदै उनले अवसर पाए साँगितिक क्षेत्रमा केहि गरेर देखाउने सोच भएको बताए ।

वि.सं. २०५६ साल भदौँ २ गते मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ गोगनेमा माता देवकी कालिराज र पिता कृष्ण कालिराजका कान्छा छोरा भई जन्मिएका कालिराज सानैदेखि गीतसँगीतमा रुचि राख्छन् । एस.एल.सी. सम्मका अध्ययन पुरा गरेका उनले विशेष रुपमा भने वि.सं. २०७० सालदेखि गायन क्षेत्रमा लाग्ने सोच बनाएका हुन् । मकवानपुरको उत्तरी क्षेत्रमा हुने विभिन्न गायन प्रतियोगितामा भाग लिँदै आएका उनले उत्तरी क्षेत्रमै रहेको थाहा कलाकेन्द्रद्वारा आयोजित ‘मकवानपुर आईडल’ गायन प्रतियोगितामा दोस्रो स्थान समेत हासिल गरेका थिए ।

उत्कृष्ट ७ मा पर्न सफल अन्य प्रतिस्पर्धीहरुलाई जस्तै दिपक र प्रेमलाई पनि उनीहरुको कोड नम्बर लेखेर टिकट भोटिङ गर्न सकिन्छ । दिपकलाई भोट गर्नका लागि टिकटको अर्धकट्टीमा उनको कोड नम्बर १२ लेखेर स्टेज नजिकै भएको १२ नम्बर बक्समा हाल्न सकिन्छ ।

त्यस्तै निर्णायकको मन जित्न सफल प्रेमलाई भोट गर्नका लागि उनको कोड नम्बर ९ लेखेर स्टेज नजिकै रहेको ९ नम्बर बक्समा हाल्नुपर्ने हुन्छ । उत्कृष्ट ७ मा सुसन शाह ठकुरी, प्रेम बैठा, विजय लामा, सुशल तामाङ, दीपक कालिराज, भुवन घलान र पारु महरा रहेका छन् ।

प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा निर्णायकको मत र मेला हेर्न आएका दर्शकहरुले लिएको टिकटमा दर्शकले नै दिएको भोटका आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । उनीहरुलाई भोट गर्नका लागि मेलामा प्रवेश गर्दा लिइएको टिकटको अर्धकट्टीमा उनीहरु मध्ये आफुलाई मनपर्ने कुनै एक प्रतियोगीको नम्बर लेखेर स्टेज नजिकै भएको सोही नम्बरको भोटिङ बक्समा खसाल्नुपर्ने छ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।

हेटौंडा–५ क्याम्पाडाँडामा फागुन १८ गतेदेखि जारी मेला फागुन २९ गतेसम्म चल्ने छ । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र सहुलियत मयुरीको भाडादर पनि कायम गरिएको छ । त्यस्तै मेलामा निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिईरहेका छन् भने हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*