
नेपाल आईडलका निशान भट्टराईले हेटौँडामै भुन्टीलाई नचाए

हेटौँडा, २६ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा शनिबार निकै ठूलो भिड देखियो । नेपाल आईडलमा उत्कृष्ट अन्तिम ३ मा परेका गायक निशान भट्टराईले मेलामा सबै दर्शकलाई नचाए । उनले चर्चित गीत ‘ओई भुन्टी’ गाउँदा हेटौँडामा भुन्टी भन्दै महिला दर्शकहरु जोडतोडले नाचे ।
त्यस्तै उनले मंशिर महिनामा, भिटिज भिषामा, पछि उमेर ढल्कीन्छ, छोरी भन्दा आमा तरुनी लगायतका गीतहरु गाएर युवायुवतीलाई धुलो उड्ने गरी नचाए । साथै लोक गायक सुनिल थापा र हेटौंडेली लोक गायिका रेखा लामाले दोहोरी खेलेर सबैलाई नचाए । उनीहरुले आफ्नो लोक गीत समेत सुनाएका थिए । हेटौंडाका गायक तथा संगीतकार चेतन सापकोटाले पनि आफ्नो प्रस्तुती दिएका थिए । मेलामा बड्स व्याण्डका गायक तथा संगीतकार बिजय कार्कीले समेत सांगितिक प्रस्तुती दिएका थिए ।
हेटौंडा–५ क्याम्पाडाँडामा फागुन १८ गतेदेखि जारी मेला फागुन २८ गतेसम्म चल्ने छ । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र सहुलियत मयुरीको भाडादर पनि कायम गरिएको छ । त्यस्तै मेलामा निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिईरहेका छन् भने हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।
यो पनि पढ्नुहोस्–
हेटौँडा आईडलको उत्कृष्ट १० मा भुवन घलान, यसरी गरौँ भोट
सुशल तामाङ बने ‘सिङ्गर अफ द डे’
हेटौँडा आईडलमा उत्कृष्ट १० छनौट, राजकुमार गोले र कविर गौतम बाहिरिए
हेटौँडाको मेलामा आज राजनराज सिवाकोटी, शिव हमाल र सुजिल कर्माचार्य आउने
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो