सुशल तामाङ बने ‘सिङ्गर अफ द डे’

२६ फाल्गुन २०७५, आईतवार ०८:०४

हेटौँडा, २६ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ मा शनिबार सुशल तामाङ ‘सिङ्गर अफ द डे’ बन्न सफल भएका छन् । उनले निर्णायकको मन जित्दै सिंगर अफ द डे बन्न सफल भएका हुन् ।

उनले बोन ट्राभल्सको तर्फबाट काठमाडौं पोखरा आउने जाने टिकट, आई ए वि ए ट्रेडर्स, दाजुभाई फास्ट फुड र एलएन फ्रेस जुसको तर्फबाट आकर्षक पुरस्कार समेत प्राप्त गरेका छन् । उनी उत्कृष्ट १० मा पनि छनौट भएका छन् । सुशलको कोड नम्बर ११ रहेको छ । उनलाई भोट गर्न मेलामा छिर्न लिइएको टिकटको अर्धकट्टीमा कोड नम्बर ११ लेखेर स्टेज नजिकै रहेको ११ नम्बर बक्समा हाल्नुपर्ने छ ।

Sushal Tamang-Murchunga TV

प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा निर्णायकको मत र मेला हेर्न आएका दर्शकहरुले लिएको टिकटमा दर्शकले नै दिएको भोटका आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।

हेटौंडा–५ क्याम्पाडाँडामा फागुन १८ गतेदेखि जारी मेला फागुन २८ गतेसम्म चल्ने छ । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र सहुलियत मयुरीको भाडादर पनि कायम गरिएको छ । त्यस्तै मेलामा निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिईरहेका छन् भने हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्–

हेटौँडा आईडलमा उत्कृष्ट १० छनौट, राजकुमार गोले र कविर गौतम बाहिरिए

हेटौँडाको मेलामा आज राजनराज सिवाकोटी, शिव हमाल र सुजिल कर्माचार्य आउने
यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*