हेटौँडाको मेलामा आज राजनराज सिवाकोटी, शिव हमाल र सुजिल कर्माचार्य आउने

२६ फाल्गुन २०७५, आईतवार ०७:०५

हेटौँडा, २६ फागुन । हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा शनिबार चर्चित गायक सुजिल कर्माचार्य, चर्चित गायक संगितकार राजराज सिवाकोटी र लोक गायक शिव हमाल आउने भएका छन् । चर्चित गीतहरु दिएर छुट्टै पहिचान दिन सफल यी गायकहरुले मेलामा मनोरञ्जन दिने संघका उपाध्यक्ष तथा मनोरञ्रन समितिका संयोजक गणेश भेटुवालले बताए ।

गायक सुजिल कर्माचार्यको भुमो, आकाश बनेकै थिएन, मकवानपुर हाम्रो जिल्ला, भुमो छेमला, सुनेको कुरा लगायतका दर्जनौ गीतहरु चर्चामा छन् । उनी सिजन ब्याण्डमा आवद्ध छन् । त्यस्तै चर्चित गायक संगितकार राजनराज सिवाकोटीको सुर्के थैली खै, चरी चट्ट परी, चेप्टेचेप्टे पेरुङ्गो, गोजीमा दाम छैन, उम्लियो भने पोखिन्छ,टाकन टुकुन, चिरबिरचिरबिर, कम्पनी माला, कुकुकु लगायतका सुपरहिट गीतहरु चर्चामा छन् । त्यस्तै लोक गायक शिव हमालको रचनामा लालुमै, माया लाउन मिल्छ र, लैनो भैँसी लगायतका गीतहरु चर्चामा छन् ।

हेटौंडा–५ क्याम्पाडाँडामा जारी मेला फागुन २८ गतेसम्म चल्ने छ । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र सहुलियत मयुरीको भाडादर पनि कायम गरिएको छ । त्यस्तै मेलामा निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिईरहेका छन् भने हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*