हेटौँडा आईडलमा पारु महरा र सुसन शाह ठकुरी : एउटै प्रतियोगिताका दुई हस्ती

२४ फाल्गुन २०७५, शुक्रबार २२:३९
Paru Mahara & Susan Shah Thakuri Hetauda Idol -Murchunga TV

हेटौँडा, २४ फागुन । पारु महरा र सुसन शाह ठकुरी हेटौँडामा परिचित नाम हो । हेटौँडमा हुने हरेक साँगितिक माहोलमा देखिने यी दुईमा समानताहरु धेरै छन् । यी दुबै मकवानपुरका हुन्, दुबै गीत गाउँछन् अनि दुबै जना मकवानपुरमा अहिले भईरहेको ‘हेटौँडा आईडल’ का उत्कृष्ट १२ मा पर्न सफल प्रतियोगी हुन् ।

त्यतिमात्र होईन यी दुई कुनै समय मकवानपुरमा भएको सिङ्गिङ स्टार गायन प्रतियोगिताका उत्कृष्ट १० मा पर्न सफल प्रतियोगीहरु पनि हुन् । रकदेखि रोमान्टिक आधुनिक गीतसम्म गाउने क्षमता भएका सुसन शाह ठकुरी उपाधिका हकदार मध्येका एक हुन् । सुसन भर्सटाईल पनि छन् । त्यस्तै सुमधुर आवाजकी धनी पारु महरा पनि उपाधिका हकदार हुन् । उनको आवाजमा मिठास छ अनि गायनमा केही गर्ने उत्साह पनि ।

मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगितामा शुक्रबार उत्ृकष्ट १२ मा परेसँगै उनीहरु थप चर्चामा छन् । उनीहरुले उपाधि चुम्लान् वा नचुम्लान त्यो भने हेर्न बाँकी नै छ । उनीहरु मध्ये सुसन शाह ठकुरीको भोटिङ कोड नम्बर ७ र पारु महराको भोटिङ कोड नम्बर १५ रहेको छ । उनीहरुलाई मेला हेर्न गएका दर्शकहरुले टिकटको अर्धकट्टीमा सुसनलाई भोट दिन चाहानेले कोड नम्बर ७ लेखेर र पारुलाई भोट दिन चाहानेले कोड नम्बर १५ लेखेर स्टेज नजिकै रहेको सोही कोड नम्बर अनुसारकै भोटिङ बक्समा भोट खसाल्न सक्ने व्यवस्था गरिएको छ ।

उत्कृष्ट १२ मा आशुतोष पोखरेल, विनायक विडारी, सुविन विश्वकर्मा, कविर गौतम, सुसन शाह ठकुरी, प्रेम बैठा, विजय लामा, सुसल तामाङ, दीपक कालिराज, राम कुमार गोले, भुवन घलान र पारु महरा रहेका छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा निर्णायकको मत र दर्शकको भोटबाट उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक छन् ।

हेटौंडा–५ क्याम्पाडाँडामा जारी मेला फागुन २८ गतेसम्म चल्ने छ । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र सहुलियत मयुरीको भाडादर पनि कायम गरिएको छ । त्यस्तै मेलामा निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिईरहेका छन् भने हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्–

विजय लामा र सुशल तामाङ हेटौँडा आईडलको उत्कृष्ट १२ मा, यसरी गरौँ भोट

हेटौँडा आईडलको उत्कृष्ट १२ मा भुवन घलान, यसरी गरौँ भोट

हेटौँडा आईडलमा उत्कृष्ट १२ छनौट, सारिका लामा बाहिरिए
हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट

हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*