विजय लामा र सुशल तामाङ हेटौँडा आईडलको उत्कृष्ट १२ मा, यसरी गरौँ भोट

२४ फाल्गुन २०७५, शुक्रबार २२:१८
Hetauda Idol Sushal Tamang & Vijay Lama -Murchunga TV

हेटौँडा, २४ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगितामा शुक्रबार उत्ृकष्ट १२ प्रतिस्पर्धी छनौट गरिएको छ । उत्कृष्ट १२ मध्येका प्रतिस्पर्धीहरु हुन् विजय लामा र सुसल तामाङ ।

उनीहरु मध्ये विजय लामाको भोटिङ कोड नम्बर १० र सुसल तामाङको भोटिङ कोड नम्बर ११ रहेको छ । उनीहरुलाई मेला हेर्न गएका दर्शकहरुले टिकटको अर्धकट्टीमा विजयले भोट दिनेले कोड नम्बर १० लेखेर र सुसललाई भोट दिनेले कोड नम्बर ११ लेखेर स्टेज नजिकै रहेको सोही कोड नम्बर अनुसारकै भोटिङ बक्समा भोट खसाल्न सक्ने व्यवस्था गरिएको छ ।

उत्कृष्ट १२ मा आशुतोष पोखरेल, विनायक विडारी, सुविन विश्वकर्मा, कविर गौतम, सुसन शाह ठकुरी, प्रेम बैठा, विजय लामा, सुसल तामाङ, दीपक कालिराज, राम कुमार गोले, भुवन घलान र पारु महरा रहेका छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा निर्णायकको मत र दर्शकको भोटबाट उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक छन् ।

हेटौंडा–५ क्याम्पाडाँडामा जारी मेला फागुन २८ गतेसम्म चल्ने छ । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र सहुलियत मयुरीको भाडादर पनि कायम गरिएको छ । त्यस्तै मेलामा निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिईरहेका छन् भने हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्–

हेटौँडा आईडलको उत्कृष्ट १२ मा भुवन घलान, यसरी गरौँ भोट

हेटौँडा आईडलमा उत्कृष्ट १२ छनौट, सारिका लामा बाहिरिए
हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट

हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*