हेटौँडाको मेलामा मार्सी चामल, केराको चटपटेदेखि भीर मौरीको महसम्म बिक्री हुँदै

२४ फाल्गुन २०७५, शुक्रबार १४:२४
Kerako Chatpate Kerako Momo-Murchunga TV

हेटौँडा, २४ फागुन । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आयोजित ‘राष्ट्रिय औद्योगिक व्यापार मेला यतिखेर हेटौँडामा जारी छ । मेलामा मार्सी चालदेखि भीरमौरीको महसम्म किन्न पाईन्छ । ।

Bhir Mahuriko Maha-Murchunga TV

हिमाली भीरमौरीको मह

मेलामा हिमाली क्षेत्रमा पाइने भीर मौरीको मह, चेपाङ अर्गानिक वि टेड्रर्सको मह, फापरको पिठो, हर्रोबर्रो सहित विभिन्न उत्पादनहरु पनि विक्रि वितरण भइरहेको संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले बताए । जुम्ला लगायत हिमाली क्षेत्रमा उत्पादन भएको मकैको च्याख्ला, फापरको पिठो, मार्सी चामल, दाँते ओखर, जिम्मु, जौको सातु लगायतका सामाग्रीहरु पनि मेलाको विशेष आकर्षण बनेको छ । मेलामा पहिलो पटक केराको मःम मात्र नभइ यस वर्ष केराको चटपटे पनि रहेको विक्री वितरण भईरहेको छ ।

Chepang Food-Murchunga TV

चेपाङ वि टेड्रर्स

हेटौंडा–५ क्याम्पाडाँडामा जारी मेला फागुन २८ गतेसम्म चल्ने छ । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र सहुलियत मयुरीको भाडादर पनि कायम गरिएको छ । त्यस्तै मेलामा निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिईरहेका छन् भने हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

Marsi Chamal Fapar makai-Murchunga TV

मार्सी चामल, च्याँख्ला, फापर

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*