
हेटौँडा आईडलमा उत्कृष्ट १२ छनौट, सारिका लामा बाहिरिए

हेटौँडा, २४ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ मा उत्कृष्ट १२ जना छनौट भएका छन् । शुक्रबार सारिका लामा बाहिरिएपछि उत्कृष्ट १२ छनौट भएका हुन् ।
उत्कृष्ट १२ प्रतिस्पर्धीको नामावली र भोटिङ कोड नम्बर
आशुतोष पोखरेल, भोटिङ कोड नम्बर १
विनायक विडारी, भोटिङ कोड नम्बर २
सुविन विश्वकर्मा, भोटिङ कोड नम्बर ४
कविर गौतम, भोटिङ कोड नम्बर ५
सुसन शाह ठकुरी, भोटिङ कोड नम्बर ७
प्रेम बैठा, भोटिङ कोड नम्बर ९
विजय लामा, भोटिङ कोड नम्बर १०
सुसल तामाङ, भोटिङ कोड नम्बर ११
दीपक कालिराज, भोटिङ कोड नम्बर १२
राम कुमार गोले, भोटिङ कोड नम्बर १३
भुवन घलान, भोटिङ कोड नम्बर १४
पारु महरा, भोटिङ कोड नम्बर १५
प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक छन् । मकवानपुरको हेटौँडामा गत शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला हेटौंडा–५ क्याम्पाडाँडामा जारी छ । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा निर्णायकको मत र मेला हेर्न आएका दर्शकहरुले लिएको टिकटमा दर्शकले नै दिएको भोटका आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।
फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टर र बोटिङको पनि व्यवस्था छ । साथै हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।
यो पनि पढ्नुहोस्–
हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट
हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो