हेटौँडाको मेलामा आज मिलन लामा, प्रिती आले र कृष्ण काफ्ले आउने

हेटौँडा, २४ फागुन । हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा शुक्रबार चर्चित कलाकार कृष्ण काफ्ले सहित चर्चित लोकदोहोरी गायक मिलन लामा र प्रिती आले आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित मेलामा दोहोरी ब्याटल र बेली डान्सका कारण चर्चामा रहेकी प्रिती सहितको टोलीले मनोरञ्जन दिने संघका उपाध्यक्ष तथा मनोरञ्रन समितिका संयोजक गणेश भेटुवालले बताए ।
त्यस्तै बिहीबार नै पुरानो मेडिकल कलेजबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको टोलीबाट परिक्षण हुने बताइएको छ । आज नै हेटौँडा आईडलका उत्कृष्ट १३ प्रतिस्पर्धीको स्टेज प्रस्तुति पनि हुनेछ ।
फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ ।
यो पनि पढ्नुहोस्–
भुवन घलान हेटौँडा आईडलको उत्कृष्ट १३ मा छनौट, यसरी गरौँ भोट
हेटौँडा आईडलमा उत्कृष्ट १३ छनौट, गंगा र करप बाहिरिए
राम गोले तामाङ हेटौँडा आईडलको उत्कृष्ट १५ मा, यसरी गरौँ भोट
सारिका लामा भन्छिन्–‘हेटौँडा आईडलमा मलाई भोट गरिदिनुस्’
हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट
हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो