भाईरल गायक अशोक दर्जी, टंक र एआरले मकवानपुरेलाई नचाए

२३ फाल्गुन २०७५, बिहीबार १९:५३
Ashok Darji Tanka Budhathoki AR Budhathoki-Murchunga TV 1

हेटौँडा, २३ फागुन । हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ मा बिहीबार चर्चित भाईरल बाल गायक अशोक दर्जीसहित गायक टंक बुढोथोकी र ए.आर बुढाथोकीले मकवापनुरे दर्शकलाई नचाएका छन् । मकवानपुर उद्योग वाणिज्य संघद्वारा आयोजित मेलामा उनीहरुले बहुचर्चित गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मा दर्शकहरुलाई सँगै गाउन र नाच्न बाध्य बनाएका थिए ।

उनीहरुल्े कसरी कसरी, आमा भन्दा राम्री कोही छैन संसारमा, दुई दुना चार, रेलिमाई, काली तिम्रो नजरले लगायतका चर्चित गीतहरु गाएका थिए । उनीहरुलाई हेर्न दर्शकहरुको भिड लागेको थियो ।

पाँचौ दिन सम्ममा मेलामा १ करोड बराबरको कारोबार भएको संघका कोषाध्यक्ष तथा मेलाका आर्थिक संयोजक अनिल अग्रवालले बताए । हालसम्म मेलामा १७ हजार दर्शकले अवलोकन गरेको संघका महासचिव प्रमोद सिंह रानाभाटले बताए । त्यस्तै आज भएको दन्त शिविरमा ५९ जनाले दाँतको सेवा लिएको बताइएको छ । मेलामा आज हेलिकप्टरमा १५ फ्लाइट सिटी टुर गरिएको हेलिकप्टर संयोजक माधव ज्ञवालीले बताए । मेलामा आज हेटौँडा आईडलका उत्कृष्ट १३ प्रतियोगीहरुले समेत प्रस्तुति राखेका थिए ।

Ashok Darji Tanka Budhathoki AR Budhathoki-Murchunga TV 2

मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला हेटौंडा–५ क्याम्पाडाँडामा जारी छ । फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । साथै हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्–

भुवन घलान हेटौँडा आईडलको उत्कृष्ट १३ मा छनौट, यसरी गरौँ भोट

हेटौँडा आईडलमा उत्कृष्ट १३ छनौट, गंगा र करप बाहिरिए

राम गोले तामाङ हेटौँडा आईडलको उत्कृष्ट १५ मा, यसरी गरौँ भोट
सारिका लामा भन्छिन्–‘हेटौँडा आईडलमा मलाई भोट गरिदिनुस्’

हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट

हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*