५ जना तामाङ प्रतिस्पर्धीहरु हेटौँडा आईडलको उत्कृष्ट १३ मा

२३ फाल्गुन २०७५, बिहीबार १४:३८
Hetauda Idol 5 Tamang Top 13 -Murchunga TV

हेटौँडा, २३ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगितामा बिहीबार उत्ृकष्ट १३ प्रतिस्पर्धी छनौट गरिएको छ । उत्कृष्ट १३ मा मकवानपुरका ५ जना तामाङहरु प्रतिस्पर्धामा छन् ।
बिहीबार करप रुम्बा र गंगा पाख्रिन बाहिरिएपछि यो संख्या ५ मा झरेको हो ।

उत्कृष्ट १३ मा तामाङ समुदायका सारिका लामा, विजय लामा, सुसल तामाङ, राम कुमार गोले र भुवन घलान रहेका छन् । प्रतियोगी ५ मध्ये सारिका लामाको कोड नम्बर ८, विजय लामाको कोड नम्बर १०, सुसल तामाङको कोड नम्बर ११, रामकुमार गोलेको १३ र भुवन घलानको कोड नम्बर १४ रहेको छ । उत्कृष्ट १३ मा पर्न सफल भएकाहरुलाई मेला हेर्न गएका दर्शकहरुले टिकटको अर्धकट्टीमा रहेको भोटिङ गर्ने स्थानमा प्रतियोगीको कोड नम्बर लेखेर भोटिङ बक्समा भोट खसाल्न सक्ने व्यवस्था गरिएको छ ।

उत्कृष्ट १३ मा आशुतोष पोखरेल, विनायक विडारी, सुविन विश्वकर्मा, कविर गौतम, सुसन शाह ठकुरी, सारिका लामा, प्रेम बैठा, विजय लामा, सुसल तामाङ, दीपक कालिराज, राम कुमार गोले, भुवन घलान र पारु महरा रहेका छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक छन् । मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला हेटौंडा–५ क्याम्पाडाँडामा जारी छ । फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । साथै हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्–

भुवन घलान हेटौँडा आईडलको उत्कृष्ट १३ मा छनौट, यसरी गरौँ भोट

हेटौँडा आईडलमा उत्कृष्ट १३ छनौट, गंगा र करप बाहिरिए

राम गोले तामाङ हेटौँडा आईडलको उत्कृष्ट १५ मा, यसरी गरौँ भोट
सारिका लामा भन्छिन्–‘हेटौँडा आईडलमा मलाई भोट गरिदिनुस्’

हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट

हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*