
भुवन घलान हेटौँडा आईडलको उत्कृष्ट १३ मा छनौट, यसरी गरौँ भोट

हेटौँडा, २३ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगितामा मकवानपुरे सञ्चारकर्मी भुवन घलान उत्कृष्ट १३ मा छनौट भएका छन् ।
आफ्नो कोड नम्बर १४ रहेको बताउँदै सञ्चारकर्मी घलानले आफुलाई भोट गरिदिनका लागि पनि सबैसँग अपिल गरेका छन् । उत्कृष्ट १३ मा पर्न सफल भएकाहरुलाई मेला हेर्न गएका दर्शकहरुले टिकटको अर्धकट्टीमा रहेको भोटिङ गर्ने स्थानमा प्रतियोगीको कोड नम्बर लेखेर भोटिङ बक्समा भोट खसाल्न सक्ने उनले बताए । ‘तपाई टिकट लिएर मेलामा आउनुभएको छ भने गेटमा टिकट हेर्ने स्वयम सेवकले तपाईको टिकटको अर्धकट्टी भाग तपाईलाई दिन्छ, त्यसैमा मेरो कोड नम्बर १४ लेखेर भोटिङ बाकसमा हालेर सहयोग गरिदिनुहुन अनुरोध गर्छु, ’ उनले भने ।
सञ्चारकर्मी भुवन घलान मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ घर भई हाल हेटौँडामा कार्यरत छन् । हेटौँडा सन्देश दैनिकमा कार्यरत उनी रेडियो प्राविधिक समेत हुन् । घलानले मुक्तक र गजल पनि निक्कै मार्मिक र चोटिला लेख्छन् । उनी उदाउँदो साहित्यकार पनि हुन् ।
उत्कृष्ट १३ मा आशुतोष पोखरेल, विनायक विडारी, सुविन विश्वकर्मा, कविर गौतम, सुसन शाह ठकुरी, सारिका लामा, प्रेम बैठा, विजय लामा, सुसल तामाङ, दीपक कालिराज, राम कुमार गोले, भुवन घलान र पारु महरा रहेका छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक छन् । मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला हेटौंडा–५ क्याम्पाडाँडामा जारी छ । फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । साथै हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।
यो पनि पढ्नुहोस्–
हेटौँडा आईडलमा उत्कृष्ट १३ छनौट, गंगा र करप बाहिरिए
राम गोले तामाङ हेटौँडा आईडलको उत्कृष्ट १५ मा, यसरी गरौँ भोट
सारिका लामा भन्छिन्–‘हेटौँडा आईडलमा मलाई भोट गरिदिनुस्’
हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट
हेटौँडा आईडलको प्रतिस्पर्धामा ८ जना तामाङ
हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो