हेटौँडाको मेलामा आज अशोक दर्जी र टंक बुढाथोकी आउने

हेटौँडा, २३ फागुन । हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा विहिबार चर्चित भाईरल बाल गायक अशोक दर्जी आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित मेलामा अशोकसँगै चर्चित गायक संगितकार टंक बुढाथोकी, एआर बुढाथोकी र मकवानपुरे संगीतकार चेतन सापकोटा आउने संघका उपाध्यक्ष तथा मनोरञ्रन समितिका संयोजक गणेश भेटुवालले बताए ।
त्यस्तै बिहीबार नै भरतपुरको पुरानो मेडिकल कलेजबाट आउने दन्त विशेषज्ञसहितको टोलीबाट निःशुल्क परिक्षण गर्ने संघका उपाध्यक्ष तथा प्राथमिक उपचार समितिका संयोजक कृष्ण कुमार गुप्ताले बताए । मेलाको स्टल नम्बर ३७ र ३८ मा परिक्षण हुने बताइएको छ । आज नै हेटौँडा आईडलका उत्कृष्ट १५ प्रतिस्पर्धीको स्टेज प्रस्तुति पनि हुनेछ ।
फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ ।
यो पनि पढ्नुहोस्–
यस्ता छन् हेटौँडा आईडलका उत्कृष्ट १५ प्रतियोगी, कसको कोड कति ?
राम गोले तामाङ हेटौँडा आईडलको उत्कृष्ट १५ मा, यसरी गरौँ भोट
सारिका लामा भन्छिन्–‘हेटौँडा आईडलमा मलाई भोट गरिदिनुस्’
हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट
हेटौँडा आईडलमा बुधबारबाट टिकट भोटिङ सुरु
हेटौँडा आईडलको प्रतिस्पर्धामा ८ जना तामाङ
नेपाल आईडलको हुटहुटीले करप रुम्बा हेटौँडा आईडलमा ईन्ट्री
हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो