आँचललाई पलको प्रस्ताव–‘जाउँ मसँग भागेर’ (भिडियो)

हेटौँडा, २२ फागुन । चर्चित अनस्क्रिन जोडी नायक पल शाह र आँचल शर्मा, नयाँ भिडियोहरुमा पूनः सँगै देखिन थालेका छन् । केहि दिन अघिमात्रै पनि उनीहरुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा पलले आँचललाई भागेर जान आग्रह गर्छन् ।
आँप जोडीका रुपमा परिचित पल र आँचलको अनस्क्रिन जोडीलाई रियल लाईफमै जोडी देख्न चाहाने उनका फ्यानहरुका लागि यो भिडियो अझ रोमाञ्चक हुनसक्छ । भिडियोमा आँचल र पल सँगै डेटिङ जान्छन्, बाईकमा यात्रा गर्छन् अनि पलले आँचललाई बोकेर हिँड्छन् । यो दृश्यले रोमाञ्चक अनुभूति दिएकै बेला उनीहरुको अर्को एउटा रोमान्टिक दृश्य पनि गीतको भिडियोमा छ । त्यसका लागि भने तपाईले म्यूजिक भिडियो नै हेर्नुपर्ने हुन्छ ।
ओ.एस.आर. डिजिटल मार्फत सार्वजनिक गरिएको ‘जाउँ हिँड’ बोलको गीतको म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा नै १ लाख ९५ हजार पटक हेरिसकिएको छ । गीतमा करिब ७ हजार लाईक र करिब ७ वटा कमेन्टहरु गरिएका छन् ।
पल र आँचलको फिचरिङ गरिएको यो गीतमा बिकु क्षेत्रीको आवाज सुन्न सकिन्छ । प्रस्तुत गीत ‘छुटिएर’ एल्बममा समावेश छ । रबिन विष्टको शब्द तथा डम्बर खपुङको संगीतमा संगीतबद्ध गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । नवराज उप्रेतीको छायाँकन तथा नविन निरौलाको सम्पादन रहेको भिडियोमा सुबोल थापाले कोरियोग्राफी गरेका छन् । गम्भिर विष्टको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई पदम चुवानले निर्माण गरेका हुन् । हेर्नुहोस् भिडियो–
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो