राम गोले तामाङ हेटौँडा आईडलको उत्कृष्ट १५ मा, यसरी गरौँ भोट

२२ फाल्गुन २०७५, बुधबार १६:२१
Hetauda Idol Ram Gole Tamang-Murchunga TV

हेटौँडा, २२ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ का उत्कृष्ट १५ प्रतियोगीमा पर्न सफल प्रतियोगी हुन् राम गोले तामाङ । बुधबार उत्कृष्ट १५ मा परेसँगै सुरु भएको भोटिङ राउण्डका लागि उनले भोटको अपिल गरेका छन् ।

आफ्नो कोड नम्बर १३ भएको बताउँदै गोलेले बुधबारबाट सुरु भएको भोटिङमा अत्याधिक भोट गरी आफुलाई अर्को राउण्डमा पुग्नका लागि सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । ‘मेला हेर्न जाने आदरणीय दर्शक तथा आफन्तहरुले गेटमा लिइएको टिकटको अर्धकट्टीमा मेरो कोड नम्बर १३ लेखेर भोटिङ बक्समा खसालेर मलाई भोट गरिदिनुहुन अनुरोध गर्छु,’ उनले भने । मेलामा आउने दर्शकको टिकट भोटिङ र निर्णायकको मतले नै अघिल्लो चरणको यात्रा तय गर्नेछ ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ दहीदमार बसोबास गर्ने गोले सबै प्रकारको गीत गाउन रुचि राख्छन् । औपचारिक रुपमा कुनै पनि संगीतको कक्षा नलिएका उनी सानैदेखि गीत गाउन थालेको बताउँछन् । ‘गाउँबाट विद्यालय पुग्न आधा घण्टाभन्दा बढी समय लाग्थ्यो, त्यसैले आउँदा जाँदा बाटोमा धेरै गीत गाईन्थ्यो,’ उनले सम्झिए, ‘गीत गाउँदै जाँदा उकाली ओराली गर्दै विद्यालय जान सजिलो हुन्थ्यो ।’ दश जोड दुईसम्मको अध्ययन सकाएका उनी दुबईमा कार्यरत छन् । दुबईबाट बिदाका समयमा घर आएका उनी हेटौँडा आईडलको साँगितिक भिडन्तमा सरिक भएका हुन् । विदेशमा छँदा समेत गाउँदै आएका उनले हेटौँडा आईडलमा उत्कृष्ट हुनसके साँगितिक यात्रा अझै सशक्त बनाउने सोचेका छन् ।

आईडलको उत्कृष्ट १५ मा भुवन घलान, पारु महरा, करप रुम्बा, सारिका लामा, सुशन शाही ठकुरी, प्रेम बैठा, कबिर गौतम, सुशल लामा, गंगा पाख्रिन, सुविन विश्वकर्मा, दिपक कालिराज, एलेक्स लामा, राम गोले, विनायक बिडारी र आशुतोष पोखरेल रहेका छन् । प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्कीले निर्णायक छन् । मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको स्टेज भिडन्त आईतबारदेखि सुरु भएको हो । हेटौंडा–५ क्याम्पाडाँडामा मेला जारी छ ।

उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । साथै हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्–

सारिका लामा भन्छिन्–‘हेटौँडा आईडलमा मलाई भोट गरिदिनुस्’

हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट

हेटौँडा आईडलमा बुधबारबाट टिकट भोटिङ सुरु

हेटौँडा आईडलमा ईन्द्र घिमिरेको यात्रा

सारिका लामा हेटौँडा आईडलमा भिड्दै

हेटौँडा आईडलको प्रतिस्पर्धामा ८ जना तामाङ

हेटौँडा आईडलको प्रतिस्पर्धामा दुई सञ्चारकर्मी : भुवन घलान र पारु महरा

नेपाल आईडलको हुटहुटीले करप रुम्बा हेटौँडा आईडलमा ईन्ट्री

हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*