
सारिका लामा भन्छिन्–‘हेटौँडा आईडलमा मलाई भोट गरिदिनुस्’

हेटौँडा, २२ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ का उत्कृष्ट १५ प्रतियोगीमा पर्न सफल सारिका लामाले आफुलाई भोट गरेर सहयोग गरिदिन आग्रह गरेकी छिन् । बुधबार उत्कृष्ट १५ मा परेसँगै सुरु भएको भोटिङ राउण्डका लागि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भोट मागेकी हुन् ।
फेसबुकमा उनले लेखेकी छिन्–‘जि.पि.एक्स. हेटौँडा आईडलमा सेलेक्ट भएकी छु, कृपया मलाई भोट गरिदिनुहोला, गेटमा प्राप्त टिकमा मेरो कोड नम्बर ८ लेखेर भोटिङ बक्समा हालिदिनुहोला ।’ मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ की सारिका सानै देखि गीतसंगीतमा आफ्नो रुचि रहेको बताउँछिन् । विद्यालय तथा विभिन्न स्थानमा हुने प्रतियोगितामा उनले गीत गाउने गरेकी छिन् । केही प्रतियोगितामा जित पनि हासिल गरेकी उनले हेटौँडा आईडलमा आफुले प्रतिभा प्रस्तुत गर्न पाएकोमा खुशी भएको सुनाईन् ।
उत्कृष्ट १५ मा भुवन घलान, पारु महरा, करप रुम्बा, सारिका लामा, सुशन शाही ठकुरी, प्रेम बैठा, कबिर गौतम, सुशल लामा, गंगा पाख्रिन, सुविन विश्वकर्मा, दिपक कालिराज, एलेक्स लामा, राम गोले, विनायक बिडारी र आशुतोष पोखरेल रहेका छन् । प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्कीले निर्णायक छन् । मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको स्टेज भिडन्त आईतबारदेखि सुरु भएको हो । हेटौंडा–५ क्याम्पाडाँडामा मेला जारी छ ।
उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । साथै हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।
यो पनि पढ्नुहोस्–
हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट
हेटौँडा आईडलमा बुधबारबाट टिकट भोटिङ सुरु
हेटौँडा आईडलमा ईन्द्र घिमिरेको यात्रा
सारिका लामा हेटौँडा आईडलमा भिड्दै
हेटौँडा आईडलको प्रतिस्पर्धामा ८ जना तामाङ
हेटौँडा आईडलको प्रतिस्पर्धामा दुई सञ्चारकर्मी : भुवन घलान र पारु महरा
नेपाल आईडलको हुटहुटीले करप रुम्बा हेटौँडा आईडलमा ईन्ट्री
हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो