हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट

२२ फाल्गुन २०७५, बुधबार १५:२४
Hetauda Idol Bhuwan Ghalan & Paru Mahara-Murchunga TV

हेटौँडा, २२ फागुन । मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको उत्कृष्ट १५ मा पर्दै मकवानपुरका दुई सञ्चारकर्मी भुवन घलान र पारु महराले भोटिङ राउण्डमा प्रवेश पाएका छन् । हेटौँडाबाट सञ्चालनमा रहेको रेडियो अनमोल ९० मेगाहर्जमा कार्यरत सञ्चारकर्मी पारु महरा र मकवानपुरमा निरन्तर प्रकाशनमा रहेको मकवानपुरकै पुरानो दैनिक पत्रिका ‘हेटौँडा सन्देश’ मा कार्यरत सञ्चारकर्मी भुवन घलान आईडलको भोटिङ राउण्डमा पुगेका हुन् ।

उत्कृष्ट १५ मा पर्न सफल भएकाहरुलाई बुधबारदेखि नै टिकट भोटिङ समेत गर्न सकिने भएको छ । उत्कृष्ट १५ मा पर्न सफल भएकाहरुलाई मेला हेर्न गएका दर्शकहरुले टिकटको अर्धकट्टीमा रहेको भोटिङ गर्ने स्थानमा प्रतियोगीको कोड नम्बर लेखेर भोटिङ बक्समा भोट खसाल्न सक्नेछन् । आफ्नो कोड नम्बर १४ रहेको बताउँदै सञ्चारकर्मी घलानले आफुलाई भोट गरिदिनका लागि पनि सबैसँग अपिल गरेका छन् । त्यस्तै उत्कृष्ट १५ मा पर्न सफल अर्की सञ्चारकर्मी महराको कोड नम्बर भने १५ रहेको छ । उनलाई पनि कोड नम्बर १५ लेखेर भोट गर्न सकिने छ ।

महरा मकवानपुरको हेटौँडा ११ थानाभर्याङका स्थायी बासिन्दा हुन् । यस अघि भएको व्यापार मेलामा आयोजित हेटौँडा आईडमा समेत उत्कृष्ट ७ मा पुग्न सफल भएकी महराले हेटौँडामा आयोजना भएको सिंगिङ स्टारमा पनि उत्कृष्ट ५ सम्म पुग्न सफल भएकी थिईन् । रेडियो अनमोल हरेक शुक्रबार दिउँसो ४ बजे गीतसँगीत सँगै सम्बन्धित चर्चित कार्यक्रम ‘अनमोल आईडल’ सञ्चालन गर्दै आएकी महरा गीतसंगीतमा आफुलाई धेरै नै रुचि भएको बताउँछिन् । सानैदेखि विद्यालय तथा अन्य स्थानमा गीत गाउँदै आएकी महराको आवाजलाई दर्शक तथा निर्णायकहरुले पनि मन पराउने गरेका छन् । उनले विभिन्न गायन प्रतियोगितामा सहभागी भएर पुरस्कार समेत जितेकी छिन् ।

सञ्चारकर्मी भुवन घलान मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ घर भई हाल हेटौँडामा कार्यरत छन् । हेटौँडा सन्देश दैनिकमा कार्यरत उनी रेडियो प्राविधिक समेत हुन् । गीतसँगीतलाई जीवनसँग जोडेर हेर्ने उनी गीत सुनेर भावुक समेत हुने गरेको अनुभव सुनाउँछन् । ‘मलाई गीत सुन्न पाउँदा निक्कै आनन्द आउँछ, केही गीतहरु आफ्नै जीवनमा मेल खाएको अनुभव गर्छु र भावुक हुन्छु’, उनले भने, ‘तर प्रतियोगितामा भने पहिलो पटक भाग लिँदैछु ।’

हेटौँडा आईडल जस्ता अलि ठूला प्रतियोगितामा पहिलो पटक भाग लिँदै गरेका घलानले आफु विद्यालय तहमा रहँदा अन्ताक्षरी खेल्दादेखि नै गीतसँगीतमा रुचि बढेको बताउँछन् । विद्यालय, कलेज र अन्य विभिन्न कार्यक्रममा गीत गाएता पनि हेटौँडा आईडल आफ्नो लागि ठूलो प्रतिस्पर्धा भएको उनी बताउँछन् । मौका पाउने बित्तिकै गीत गुनगुनाईरहने घलान मुक्तक र गजल पनि निक्कै मार्मि र चोटिला लेख्छन् । उनी उदाउँदो साहित्यकार पनि हुन् ।

उत्कृष्ट १५ मा भुवन घलान, पारु महरा, करप रुम्बा, सारिका लामा, सुशन शाही ठकुरी, प्रेम बैठा, कबिर गौतम, सुशल लामा, गंगा पाख्रिन, सुविन विश्वकर्मा, दिपक कालिराज, एलेक्स लामा, राम गोले, विनायक बिडारी र आशुतोष पोखरेल रहेका छन् । प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्कीले निर्णायक छन् । मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको स्टेज भिडन्त आईतबारदेखि सुरु भएको हो । हेटौंडा–५ क्याम्पाडाँडामा मेला जारी छ ।

उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । साथै हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्–

हेटौँडा आईडलमा बुधबारबाट टिकट भोटिङ सुरु

हेटौँडा आईडलमा उत्कृष्ट १६ छनौट, २ जना आउट

हेटौँडा आईडलमा ईन्द्र घिमिरेको यात्रा

सारिका लामा हेटौँडा आईडलमा भिड्दै

हेटौँडा आईडलको प्रतिस्पर्धामा ८ जना तामाङ

हेटौँडा आईडलबाट ३ जना आउट, उत्कृष्ट १८ छनौट

हेटौँडा आईडलको प्रतिस्पर्धामा दुई सञ्चारकर्मी : भुवन घलान र पारु महरा

नेपाल आईडलको हुटहुटीले करप रुम्बा हेटौँडा आईडलमा ईन्ट्री

हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*