हेटौँडा आईडलमा बुधबारबाट टिकट भोटिङ सुरु

२२ फाल्गुन २०७५, बुधबार १४:५४
Hetauda Idol-Mmurchunga TV

हेटौँडा, २२ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापारमा मेला’का अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ मा उत्कृष्ट १५ प्रतियोगी छनौट गरिएको छ । बुधबार उत्कृष्ट १६ मध्येका ईन्द्र घिमिरे अस्वस्थताका कारण प्रतियोगितामा भाग लिन नसकेपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् । बुधबारदेखि नै टिकट भोटिङ समेत सुरु भएको बताइएको छ ।

ंउत्कृष्टमा १५ मा पर्न सफल भएकाहरुलाई मेला हेर्न गएका दर्शकहरुले टिकको अर्धकट्टीमा रहेको भोटिङ गर्ने स्थानमा प्रतियोगीतको कोड नम्बर लेखेर भोटिङ बक्समा भोट खसाल्न सकिने उत्कृष्ट १५ मा पर्न सफल सञ्चारकर्मी समेत रहेका भुवन घलानले जानकारी दिएका छन् । आफ्नो कोड नम्बर १४ रहेको बताउँदै घलानले आफुलाई भोट गरिदिनका लागि पनि सबैसँग अपिल गरेका छन् । त्यस्तै उत्कृष्ट १५ मा पर्न सफल अर्की प्रतियोगी सारिका लामाले पनि आफ्नो कोड नम्बर ८ रहेको जानकारी दिँदै आफुलाई भोट गरिदिनका लागि सामाजिक सञ्जालमार्फत आग्रह गरेकी छिन् ।

उत्कृष्ट १५ मा भुवन घलान, पारु महरा, करप रुम्बा, सारिका लामा, सुशन शाही ठकुरी, प्रेम बैठा, कबिर गौतम, सुशल लामा, गंगा पाख्रिन, सुविन विश्वकर्मा, दिपक कालिराज, एलेक्स लामा, राम गोले, विनायक बिडारी र आशुतोष पोखरेल रहेका छन् ।

प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्कीले निर्णायक छन् । मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको स्टेज भिडन्त आईतबारदेखि सुरु भएको हो । हेटौंडा–५ क्याम्पाडाँडामा मेला जारी छ ।

उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । साथै हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्–

हेटौँडा आईडलमा उत्कृष्ट १६ छनौट, २ जना आउट

हेटौँडा आईडलमा ईन्द्र घिमिरेको यात्रा

सारिका लामा हेटौँडा आईडलमा भिड्दै

हेटौँडा आईडलको प्रतिस्पर्धामा ८ जना तामाङ

हेटौँडा आईडलबाट ३ जना आउट, उत्कृष्ट १८ छनौट

हेटौँडा आईडलको प्रतिस्पर्धामा दुई सञ्चारकर्मी : भुवन घलान र पारु महरा

नेपाल आईडलको हुटहुटीले करप रुम्बा हेटौँडा आईडलमा ईन्ट्री

हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*