हेटौँडाको मेलामा आज सुगम पोखरेल र कमल क्षेत्री आउने

२२ फाल्गुन २०७५, बुधबार ०८:५५
Sugam Pokharel & Kamal Chhetri-Murchunga TV

हेटौँडा, २२ फागुन । हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा बुधबार चर्चित गायक सुगम पोखरेल र कमल क्षेत्री आउने भएका छन् । चर्चित गायक पोखरेल र मकवानपुरे चर्चित गायक कमल क्षेत्रीले मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित मेलामा स्टेज तताउने संघका उपाध्यक्ष तथा मनोरञ्रन समितिका संयोजक गणेश भेटुवालले बताए ।

त्यस्तै बुधबार नै भरतपुरबाट आउने डा. विकास पाण्डेको टिमले नाक, कान र घाँटीको निःशुल्क परिक्षण गर्ने संघका उपाध्यक्ष तथा प्राथमिक उपचार समितिका संयोजक कृष्ण कुमार गुप्ताले बताए । मेलाको स्टल नम्बर ३७ र ३८ मा परिक्षण हुने बताइएको छ । मेलामा क्रृतिम चिडियाघर, वाल उद्यान, हेलिकप्टर सयर घोडचढी, डुङ्गा सयर, हेँटौंडा आइडल, र स्थानिय कलाकारको प्रस्तुती भइरहने संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले बताए ।

फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस्–

हेटौँडा आईडलमा उत्कृष्ट १६ छनौट, २ जना आउट

हेटौँडा आईडलमा ईन्द्र घिमिरेको यात्रा

सारिका लामा हेटौँडा आईडलमा भिड्दै

हेटौँडा आईडलको प्रतिस्पर्धामा ८ जना तामाङ

हेटौँडा आईडलबाट ३ जना आउट, उत्कृष्ट १८ छनौट

हेटौँडा आईडलको प्रतिस्पर्धामा दुई सञ्चारकर्मी : भुवन घलान र पारु महरा

नेपाल आईडलको हुटहुटीले करप रुम्बा हेटौँडा आईडलमा ईन्ट्री

हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*