सिडिओ अस्मान तामाङ भन्छन् ‘राप्रपाले नियम विपरित मेनरोडमै कार्यक्रम गर्यो’

२१ फाल्गुन २०७५, मंगलवार १६:४१
Raprapa Hetauda-Murchunga TV 1

हेटौँडा, २१ फागुन । राप्रपाको मेची महाकाली अभियान अन्तर्गत मंगलबार राप्रपाले हेटौँडाको मेनरोडमै बाटो छेकेर कार्यक्रम आयोजना गरेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीले सो कार्य नियम विपरित भएको बताएका छन् । राप्रपाले हेटौँडाको बुद्धचोकदेखि सिमाचोकसम्म पर्ने सडक बिचमै ट्रकवाला स्टेज र जेब्रा क्रसिङमै कुर्सीहरु राखेर कार्यक्रमको आयोजना गरेपछि सिडिओ तामाङले प्रतिक्रिया राखेका हुन् ।
Raprapa Hetauda-Murchunga TV 1

हेटौँडामा अन्य स्थानमा खुला स्थान भएको अवस्थामा पनि नैतिकता नै छोडेर सडकमै आमसभा गरेपछि त्यसको विरोधमा सामजिक सञ्जालमा विभिन्न टिप्पणी समेत सुरु भएको छ । गणतन्त्र नेपालमा राजतन्त्र पुनस्थापना तथा हिन्दुराज्य स्थापनाको माग गर्दै आएको राप्रपाले सडकमै कार्यक्रम गर्नु नियम विपरित रहेको सिडिओ तामाङले बताएका छन् ।

प्रशासनसँग कुनैपनि अनुमति नलिई सडक कब्जा गरेर कार्यक्रम गरिएको प्रजिअ तामाङले बताए । आफुले थाहापाएपछि जाँदा कार्यक्रमको पुरै तयारी भैसकेको देखेको र आयोजकसँग कुरा गर्दा आधा घण्टाको लागि मात्र भन्ने जवाफ पाएको बताए । अन्य स्थलमा कार्यक्रम गर्नुभन्दा पनि नमानेको र आफुले आधा घण्टामा कार्यक्रम सक्ने भनेपछि बल प्रयोग गरेर नहटाएको बताए ।

(खबर ब्रेक डटकमको सहयोगमा)

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*