सुस्तमनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा हेटौँडाबाट एक पुरुष पक्राउ

२१ फाल्गुन २०७५, मंगलवार १५:१६
Rape Hetauda-Murchunga TV

हेटौँडा, २१ फागुन । सुस्तमनस्थिति भएकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटार बस्ने वर्ष २१ को बुद्धलाल मुक्तानलाई पक्राउ गरेको हो ।

उनले अपराध गरेको प्रमाणित भएमा मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ कोपरिच्छेद १८ बमोजिम करणी सम्बन्धी कसुरमा ७ वर्ष देखि १० वर्ष सम्म कैद, अपाङ्ग भएकोमा थप ५ वर्ष कैद हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मुक्तानले फागुन १८ गते गते साँझ करिब ८ः३० बजेको समयमा सुस्त मनस्थितिकी युवतीलाई ललाई फकाई आफ्नो घरको कोठामा लगी जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । साथै मुक्तानले फागुन १९ गते विहान ३ बजेको समयमा पिडितलाई घर पठाई दिएको भनी सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । सूचना पश्चात जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी अधिकृत समेतको टोलीले खोजतलासको क्रममा मुक्तानलाई पक्राउ गरेको हो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*