लागु औषध अफिम सहित राक्सिराङका १ जना पक्राउ

२१ फाल्गुन २०७५, मंगलवार १५:०८
Raksirang Afim-Murchunga TV

हेटौँडा, २१ फागुन । लागुऔषध तयारी अफिम सहित मकवानपुरको राक्सिराङ गाउँपालिकाका एक व्यक्ति सोमबार पक्राउ गरिएको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ४९ को भक्तबहादुर ब्लोनलाई प्रहरीले सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

उनको साथबाट लागू औषध तयारी अफिम २०० ग्राम फेला परेको बताइएको छ । उनले अपराध गरेको प्रमाणित भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम १५ वर्ष देखि जन्मकैद र ५ लाख देखि २५ लाख सम्म जरिवाना हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार बिहान करिब ५ः२० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक पवन कुमार झा सहितको विशेष टोलीले ब्लोनको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने सूचना पाएको थियो । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाबाट प्राप्त सुचनाको आधारमा ब्लोनको घरको खानतलासी गर्दा उनको घरबाट प्लास्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध फेला परेको प्रहरीले दाबी गरेको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*