
हेटौँडा आईडलको प्रतिस्पर्धामा ८ जना तामाङ

हेटौँडा, २१ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापारमा मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ का उत्कृष्ट १८ मध्ये ३ जना तामाङ समुदायका प्रतिस्पर्धी रहेका छन् । उत्कृष्ट २१ बाट १८ मा छनौट हुँदै ८ जना तामाङ समुदायका प्रतियोगीहरु अहिले पनि स्टेजमा टिकीरहेका छन् । २१ मध्ये ३ जना सोमबार बाहिरिएका हुन् ।
आईडलमा भुवन घलान,करप रुम्बा, गंगा पाख्रिन, सारिका लामा,एलेक्स लामा, सुशल तामाङ, राजकुमार गोले र अनिल लामा गरी ८ जना तामाङ समुदायका छन् । आईडलबाट ३ जना बाहिरिएसँगै उत्कृष्ट १८ जनाले मंगलबार स्टेज प्रस्तुति दिनेछन् । मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको स्टेज भिडन्त आईतबारदेखि सुरु भएको हो । हेटौंडा–५ क्याम्पाडाँडामा जारी मेला अन्तर्गत आईडलको उत्कृष्ट १८ मा भुवन घलान, पारु महरा, सुसन शाही ठाकुरी, करप रुम्बा, सुविन विश्वकर्मा, कविर गौतम, गंगा पाख्रिन, सारिका लामा, ईन्द्र घिमिरे, प्रेम बैठा, एलेक्स लामा, सुशल तामाङ, दिपक कालिराज, राजकुमार गोले, अनिल लामा, राज पौडेल, विनायक बिडारी गायतका नव गायक–गायिकाहरु सहभागी छन् ।
उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । साथै हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।
यो पनि पढ्नुहोस्–
हेटौँडा आईडलबाट ३ जना आउट, उत्कृष्ट १८ छनौट
हेटौँडा आईडलको प्रतिस्पर्धामा दुई सञ्चारकर्मी : भुवन घलान र पारु महरा
नेपाल आईडलको हुटहुटीले करप रुम्बा हेटौँडा आईडलमा ईन्ट्री
हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो