हेटौँडाको मेलामा आज प्रताप दास, शिवहरि पौडेल र किरण केसी आउने

२१ फाल्गुन २०७५, मंगलवार ०७:१८
Pratap Das-Murchunga TV

हेटौँडा, २१ फागुन । हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा मंगलबार चर्चित गायक प्रताप दास र चर्चित हाँस्यकलाकारहरु शिवहरि पौडेल र किरण केसी आउने भएका छन् । नेपाल आइडलमा सहभागी भई लाखौं युवायुवतीको मनमुटुमा बस्न सफल रहेका गायक दासले मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित मेलामा स्टेज तताउने संघका उपाध्यक्ष तथा मनोरञ्रन समितिका संयोजक गणेश भेटुवालले बताए ।

त्यस्तै मंगलबार नै भरतपुरबाट आउने मुटुरोग विशेषज्ञहरुद्वारा निःशुल्क परिक्षण हुने संघका उपाध्यक्ष तथा स्वास्थ्य समितिका संयोजक कृष्ण कुमार गुप्ताले बताए । मेलाको स्टल नम्बर ३७ मा परिक्षण हुने छ ।

फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*