विरबहादुर वाईबालाई बचाउन सहयोगको अपिल

२१ फाल्गुन २०७५, मंगलवार ०६:५६
Bir Bahadur Waiba-Murchunga TV 2

सन्देश थिङ/मकवानपुर, २१ फागुन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ सिद्धकाली निवासी विरबहादुर वाईबाको दुबै मृगौलाले काम नगरेपछि उनको उपचारका लागि विभिन्न निकाय तथा व्यक्तित्वहरुलाई स्वस्फुर्त रुपमा सहयोगको अपिल गरिएको छ । केही समयअघि हेटौँडामा अवस्थित न्यूज क्लब नेपालमा समेत पत्रकार सम्मेलन गर्दै सहयोगको अपिल गरेका उनका परिवारसहितको टोलीले अहिले सहयोगको लागि सबैसँग अपिल गर्दै हिँडिरहेका छन् ।

वाईवा अहिले चितवन मेडिकल कलेजमा उपचाररत छन् । वाईबाको लागि केही सहयोग रकमहरु पनि जुट्न थालेका छन् । मनहरी गाउँपालिका वडा नम्बर ३ का कुमार रुम्बाले ३७ हजार ५६ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै इमान लामा रुम्बाले १४ हजार ३६ रुपैयाँ सहयोग गरेका छन् ।

Bir Bahadur Waiba-Murchunga TV

यसैबिच उनको जीवन बचाउनका लागि केही युवाहरु पनि जुटेका छन् । उनको उपचारको लागि ठूलो रकम आवश्यक रहेको भन्दै उनको उपचारका लागि सहयोग जुटाउँदै हिँडेका मनहरीकै युवा समिर तामाङले सबैसंग सहयोगका लागि आह्वान समेत गरेका छन् । वाईवाको आर्थिक अवस्था कमजोर भएको र सहयोग नपाउँदा उपचार संभव नभएकोले देश तथा विदेशमा रहेका सबैसँग सहयोग अपेक्षा गरिएको उनले बताए ।

वाईबाको उपचारका लागि एसबीआई बैंकमा खाता समेत खोलेर रकम संकलन थालिएको तामाङले बताए । बैँकको हेटौँडा शाखा अन्तर्गत बैंकको खाता नम्बर २००१५२४०७०२१९६ मा स्वईच्छाले सहयोग गर्न सकिने बताइएको छ । उनलाई सहयोग गर्न चाहाने वा जानकारी लिन चाहानेले वाईवाका बुवा आशाकाजी वाईबाको फोन नम्बर ९८१२२६५८९३ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*