काँग्रेसका संस्थापक नेता भट्टराईको स्मृति दिवसमा हेटौँडामा अन्तरक्रिया

२० फाल्गुन २०७५, सोमबार १६:२३
Nepali Congress Makawanpur-Murchunga TV (1)

हेटौंडा, २० फागुन । नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आठौँ स्मृति दिवसका अवसरमा हेटौँडामा सोमबार अन्तरक्रिया भएको छ । नेपाली कांग्रेस मकवानपुरले दिवसका अवसरमा पार्टी कार्यालय हेटौंडामा अन्तरक्रिया गरेको हो ।

नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता भएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले देश र जनताप्रति भट्टराईको योगदानको बारेमा चर्चा गरेका थिए । अन्तरक्रिया कार्यक्रममा सचिव आनन्द कठायत, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्यहरु राजिव सुवेदी, सूर्यबहादुर रुम्बा, सुनिल दाहाल, ईश्वरलाल श्रेष्ठ, सल्लाहकार प्रभात दाहाललगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

सन्त नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो । वि.सं. १९८१ मा जन्मिएका किसुनजीले राणाशाही र पञ्चायत विरुद्ध अनवरत् संघर्षका क्रममा लामो समय जेल जीवन बिताएका थिए । झण्डै २० वर्ष नेपाली कांग्रेसको सभापति बनेर नेतृत्व प्रदान गरेका भट्टराई दुई पटक देशको प्रधानमन्त्रीसमेत भएका थिए ।

२००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखिनै नेपालको राजनीतिमा सक्रिय रहँदै आएका भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री भई मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको २०४७ सालको संविधान देशलाई दिएका थिए र दोस्रो पटक २०५६ सालको आम निर्वाचनपछि प्रधानमन्त्री भएका थिए । २०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधि सभाको पहिलो सभामुख भएका उनी नेपाल पत्रकार महासंघको संस्थापक सभापति समेत भएका थिए । सन्त नेता भट्टराई प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता, सुराही र टिनको बाकसमात्र आफूसँगै लिएर फर्केका किसुनजीलाई सन्त र आदर्श नेताको रुपमा लिइन्छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*