लालीगुराँश श्रेष्ठ बनिन् अनमोल आईडलको माघ महिनाको बिजेता

२० फाल्गुन २०७५, सोमबार १६:००
Anmol Idol Lali Guransh Shrestha -Murchunga TV Radio Anmol

हेटौँडा, २० फागुन । रेडियो अनमोल ९० मेगाहर्जले गायन प्रतिभाको सम्मान गर्दै सुरुवात गरेको चर्चित रेडियो कार्यक्रम ‘अनमोल आईडल’ मा माघ महिनाको विजेता मकवानपुरकी लालीगुराँश श्रेष्ठ भएकी छिन् । उनलाई सोमबार हेटौँडा–४ खोपेगल्लीमा अवस्थित रेडियो परिसरमा रेडियोका स्टेसन म्यानेजर बालकृष्ण दाहालले प्रमाणपत्र वितरण गरेका छन् । उनले प्रमाणपत्र सहित गोल्डेन माईक समेत जितेकी छिन् ।

मकवानपुरको राक्सिराङ निवासी श्रेष्ठ हाल हेटौँडामा नै बसेर अध्ययन गर्दैछिन् । श्रेष्ठ कार्यक्रममा फोन मार्फत सहभागी हुँदै साप्ताहिक विजेता हुन सफल भएकी थिईन् । माघ महिनामा भएका ४ जना साप्ताहिक विजेता (विक्ली स्टार) हुँदै उनी मासिक विजेता (मन्थ्ली स्टार) हुन सफल भएकी हुन् । साप्ताहिक विजेता भएपछि महिनाको अन्तिममा लाईभ कार्यक्रममा प्रस्तुति दिएका ४ जनालाई एक हप्ताभित्र एसएमएस भोटिङ र निर्णायकको मतका आधारमा मासिक बिजेता घोषणा गरिने र बिजेताले गोल्डेन माईक र प्रमाणपत्र पाउने रेडियोका स्टेसन म्यानेजर बालकृष्ण दाहालले जानकारी दिए । साथै अन्य प्रायोजकहरुका तर्फबाट समेत आकर्षक उपहारको व्यवस्था रहेको बताइएको छ ।

कार्यक्रमकी प्रस्तोता पारु महरा हुन् । हरेक हप्ता, महिना र वर्षमा अनमोल आईडल छनौट गर्ने लक्ष्यका साथ कार्यक्रम सुरु भएको हो । कार्यक्रममा स्टेसन म्यानेजर दाहाल सहित रेडियो सञ्चालक समिति सदस्य माधव गौतम, संंचारकर्मी चन्द्र घलान, प्रजोनी सुनार, अञ्जन सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*