तामाङ चलचित्र ‘श्होङ’ हेर्न चर्चित कलाकार बिकु थोकरदेखि अमिर दोङसम्म

हेटौँडा, २० फागुन । तामाङ कथानक चलचित्र ‘श्होङ’ को सोमबार अष्ठनारायण हल बालाजुमा विशेष प्रदर्शन गरिएको छ । तामाङ समुदायको ल्हाप्साङकार्पो क्षेत्रको तामाङ भाषा, सँस्कृति र लोक जीवनशैलीमा आधारित चलचित्रलाई हेर्नका लागि तामाङ चलचित्र क्षेत्रका चर्चित कलाकारहरु समेत पुगेका थिए ।
चलचित्र हेर्नका लागि तामाङ चलचित्र संघका अध्यक्ष तथा चर्चित कलाकार बिकु थोकर , चर्चित नायक तथा निर्देशक अमिर दोङ, नायक राजकिंङ वाईवा चर्चित नायिका सुष्मा मोक्तान, चलचित्रकी नायिका एन्जिला वाईवा, रुपा एस घलेसहित कलाकार टोलीहरु र साहित्यकार तथा बुद्धिजीवीहरु समेत पुगेका थिए ।
चलचत्रिमा एन्जिला वाईबा, मर्नेन तामाङ, कान्छा लामा, रुपा एस घले, आरम्भ तामाङ, सिंगबहादुर तामाङ, गोम्बो घले, बिकल लामा, ए.आर तामाङ, वाङ्जु वाईबा, कुशल थिङ, संगम ज्याक्सन, फुर्बा तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । रोशन फ्युबा तामाङको निर्देशन तथा सिंगबहादुर तामाङको कथा र संवाद रहेको चलचित्रलाई प्रेम तामाङ र अनमोल तामाङले निर्माण गरेका हुन् । प्रकाश तामाङको छायाँकन हेर्न सकिने चलचित्रमा पेमा टाशीले ड्रोन चलाएका छन् । चलचित्रलाई नुवाकोटको किस्पाङ गाउँपालिकाको साल्मे तथा भल्छे क्षेत्रमा छायाँकन गरिएको हो ।
सिंगबहादुर तामाङकै कोरियोग्राफी रहेको चलचित्रलाई रोशन फ्युबाले सम्पादन गरेका हुन् । चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मा ल्हाप्साङकार्पो म्यूजिकले लिएको छ । चलचित्रका गीतहरुमा निर्मला घिसिङ, जितु लोप्चन, मनोज लोप्चन, मनमाया वाईबा र सुरेश लामाको अवाज सुन्न सकिन्छ । सिंगबहादुर तामाङ र जमुना तामाङको शब्द रहेको गीतहरुलाई रोशन फ्युबाले संगीत दिएका छन् । चलचित्रका गीतलाई रिकेश गुरुङ, पवन वाङ र जोगलाल लामाले एरेञ्ज गरेका हुन् ।
तस्बिरहरु– सञ्चारकर्मी सुदिन लामाको फेसबुकबाट
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो