हेटौँडा आईडल अपडेट : ’सबैले स्वर मिठो छ भन्छन्’–दिपक कालिराज

२० फाल्गुन २०७५, सोमबार ०८:५८
Hetauda Idol Deepak Kaliraj-Murchunga TV 1

चन्द्र घलान/हेटौँडा, २० फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापारमा मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ का उत्कृष्ट २१ मध्येका एक प्रतियोगी हुन् दिपक कालिराज । हाल पेशाले सुनचाँदी पसलमा कार्यरत कालिराजले सुनका गहना मात्र बनाएका छैनन्,उनले गायन क्षेत्रमा लागेर विभिन्न प्रतियोगीताहरुमा समेत विजयी हुँदै साँगितिक भविष्यको बलियो जग पनि बनाउँदै छन् ।

हेटौँडा आईडलको प्रि अडिसन र मेगा अडिसनबाट छनौट हुँदै उनले आईतबारको पहिलो स्टेज शोमा प्रमोद खरेलको ‘ओए झुमा’ बोलको गीत गाएर दर्शक र आईडलका निर्णायकहरुका ध्यान आफुतिर ताने । राम्रो स्वर भएका कारण उनको भविष्य राम्रो भएको पनि निर्णायकहरुले कमेन्ट दिए । टाईमिङमा थोरै सुधार गरे राम्रो हुने पनि निर्णायकहरुले उनलाई सुझाव दिए । सबैले आवाज मिठो छ भन्ने कमेन्ट दिने गरेको बताउँदै उनले अवसर पाए साँगितिक क्षेत्रमा केहि गरेर देखाउने सोच भएको बताए ।

वि.सं. २०५६ साल भदौँ २ गते मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ गोगनेमा माता देवकी कालिराज र पिता कृष्ण कालिराजका कान्छा छोरा भई जन्मिएका कालिराज सानैदेखि गीतसँगीतमा रुचि राख्छन् । एस.एल.सी. सम्मका अध्ययन पुरा गरेका उनले विशेष रुपमा भने वि.सं. २०७० सालदेखि गायन क्षेत्रमा लाग्ने सोच बनाएका हुन् । मकवानपुरको उत्तरी क्षेत्रमा हुने विभिन्न गायन प्रतियोगितामा भाग लिँदै आएका उनले उत्तरी क्षेत्रमै रहेको थाहा कलाकेन्द्रद्वारा आयोजित ‘मकवानपुर आईडल’ गायन प्रतियोगितामा दोस्रो स्थान समेत हासिल गरेका थिए । हेर्नुहोस् उनको प्रस्तुति–

मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको स्टेज भिडन्त आईतबारदेखि सुरु भएको हो । हेटौंडा–५ क्याम्पाडाँडामा जारी मेला अन्तर्गत आईडलको उत्कृष्ट २१ मा भुवन घलान, पारु महरा, सुसन शाही ठाकुरी, करप रुम्बा, सुविन विश्वकर्मा, कविर गौतम, गंगा पाख्रिन, सारिका लामा, ईन्द्र घिमिरे, प्रेम बैठा, एलेक्स लामा, सुशल तामाङ, दिपक कालिराज, राजकुमार गोले, समर मानन्धर, अनिल लामा, राजेश दर्नाल, राज पौडेल, विनायक बिडारी गायतका नव गायक/गायिकाहरु सहभागी छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । फागुन २८ गतेसम्म चल्ने मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् ।

मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । मेलामा हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), उमेश राई (फुलन्देकी आमा), शिवहरी पौडेल (मुखा हानु जस्तो), किरण केसी (राता मकै), सन्ध्या बुढा (काउली बुढी) लगायतका राष्ट्रिय कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने छन् ।

त्यस्तै गायक शिव परियार, सुजिल कर्माचार्य, अशोक दर्जी, सुगम पोखरेल, प्रदाप दास, निशान भट्टराई, कृष्ण काफ्ले, राजनराज सिवाकोटी, कुलेन्द्र विक, कमल क्षेत्री, मिलन लामा, प्रिती आले, चेतन सापकोटा, शिव हमाल, निशा लामा, सुनिल थापा, रेखा लामा, टंक बुढाथोकी, ए आर बुढाथोकी लगायतका कलाकारहरुले पनि स्टेज तताउने छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*