
इष्टु मकवानपुरको अध्यक्षमा सचिन लामाको दाबी

हेटौँडा, १९ फागुन । नीजि तथा आवाशीय विद्यालय अर्गनाईजेशन (इस्टु) मकवानपुरको अध्यक्षमा सचिन लामाले उम्मेद्वारी घोषणा गरेका छन् । मकवानपुरको हेटौँडामा अवस्थित न्युज क्लब नेपाल मकवानपुरमा आईतबार पत्रकार सम्मेलन गर्दै लामाले उम्मेदवारी घोषणा गरेका हुन् ।
इष्टु मकवानपुरको सोमबार हुने अधिवेशनको पूर्वसन्ध्यामा उनले उम्मेदवारी घोषणा गरेका हुन् । अधिवेशनले अध्यक्ष सहित ११ जनाको नयाँ कार्यसमिति चयन गरिने बताईको छ । लामालाई नेपाल राष्ट्रिय शिक्षक संगठन तथा एकिकृत नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुक्त रुपमा उम्मेदवारीमा उभ्याएको हो । दुबै संगठनको सहयोग भएकोले उनी नै अध्यक्ष बन्ने सम्भावना पनि बलियो बनेको छ ।
ईष्टु मकवानपुरले यस अघि नेतृत्वकै कारण चाहेको जति कार्य गर्न नसकेको भन्दै उनले संगठनलाई चलायमान बनाउन उल्लेखनीय भूमिका खेल्ने सक्ने बताए ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो