
नेपाल आईडलको हुटहुटीले करप रुम्बा हेटौँडा आईडलमा ईन्ट्री

चन्द्र घलान/हेटौँडा, १९ फागुन । गोरो अनि मायालु अनुहार, यसो हेर्दा गीत नगाउँला जस्तो मान्छे तर उनले एकाएक हेटौँडा आईडलमा ईन्ट्री मारे । करप रुम्बा, नेपाल आईडल गायन रियालिटी शोले लोकप्रियता पाएसँगै गीतसँगीतमा रुचि बढेको बताउँछन् ।
मनहरी गाउँपालिकाको वडा नम्बर २ ठाडाखोलाका स्थायी बासिन्दा भएपनि अध्ययन र कामका सिलसिलामा हेटौँडामा बसोबास गर्दै आईरहेका करप रुम्बाले गीत गाउन थालेको धेरै भएको छैन । ‘नेपाल आईडल’ सुरु भएपछि मलाई गाउने रहर बढ्यो,’ उनी भन्छन्, ‘अहिले अलिअलि गाउँछु ।’ सेलो गीत समेत निकै गाउन रुचाउने रुम्बाले सेलो गीतको ट्रयाक नपाएको भन्दै आईतबार हुने स्टेज पर्फोमेन्समा राजेश पायल राईको आफै माया बोलको गीत गाउने तयारी गरेको बताए ।
ल्होछारका समयमा स्टेज पर्फोमेन्सको समेत अनुभव लिएका उनले विद्यालयदेखि नै थोरै थोरै गाउने गर्थे तर उनको यो पहिलो प्रयास हो । प्रतियोगितामा पहिलो पटक भाग लिएका उनले गायक नै बन्ने ठूलो सपना नदेखे पनि रहरले गीत गाएको सुनाए । साथै भविष्यमा सकेमा यसै पेशामा लाग्ने पनि बताए । उनले हेटौँडा आईडलको प्रि अडिसन र मेगा अडिसनमासारा खुशी, पुरा भयो सपना मेरो लगायतका गीतहरु गाएका थिए ।
मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको स्टेज भिडन्त आईतबारदेखि हुँदैछ ।
हेटौंडा–५ क्याम्पाडाँडामा जारी मेला अन्तर्गत आईडलको उत्कृष्ट २१ मा भुवन घलान, पारु महरा, सुसन शाही ठाकुरी, करप रुम्बा, सुविन विश्वकर्मा, कविर गौतम, गंगा पाख्रिन, सारिका लामा, ईन्द्र घिमिरे, प्रेम बैठा, एलेक्स लामा, सुशल तामाङ, दिपक कालिराज, राजकुमार गोले, समर मानन्धर, अनिल लामा, राजेश दर्नाल, राज पौडेल, विनायक बिडारी गायतका नव गायक÷गायिकाहरु सहभागी छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । फागुन २८ गतेसम्म चल्ने मेलालाई यसअघि १६ गते नै गर्ने भनिएता पनि दुई दिन पछि सारिएको हो । मेलासम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । मेलामा हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), उमेश राई (फुलन्देकी आमा), शिवहरी पौडेल (मुखा हानु जस्तो), किरण केसी (राता मकै), सन्ध्या बुढा (काउली बुढी) लगायतका राष्ट्रिय कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने छन् ।
त्यस्तै गायक शिव परियार, सुजिल कर्माचार्य, अशोक दर्जी, सुगम पोखरेल, प्रदाप दास, निशान भट्टराई, कृष्ण काफ्ले, राजनराज सिवाकोटी, कुलेन्द्र विक, कमल क्षेत्री, मिलन लामा, प्रिती आले, चेतन सापकोटा, शिव हमाल, निशा लामा, सुनिल थापा, रेखा लामा, टंक बुढाथोकी, ए आर बुढाथोकी लगायतका कलाकारहरुले पनि स्टेज तताउने छन् ।
यो पनि पढ्नुहोस्–
आईतबारदेखि हेटौँडा आईडलको भिडन्त
हेटौँडामा औद्योगिक व्यापार मेला सुरु
हेटौँडा आईडलको प्रतिस्पर्धामा दुई सञ्चारकर्मी : भुवन घलान र पारु महरा
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो