हेटौँडा आईडलको प्रतिस्पर्धामा दुई सञ्चारकर्मी : भुवन घलान र पारु महरा

१९ फाल्गुन २०७५, आईतवार ०७:२५
Hetauda Idol Bhuwan Ghalan & Paru Mahara-Murchunga TV

चन्द्र घलान/हेटौँडा, १९ फागुन । मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको स्टेज भिडन्तमा मकवानपुरका दुई सञ्चारकर्मी पनि प्रतिस्पर्धामा उत्रिएका छन् । हेटौँडाबाट सञ्चालनमा रहेको रेडियो अनमोल ९० मेगाहर्जमा कार्यरत सञ्चारकर्मी पारु महरा र मकवानपुरमा निरन्तर प्रकाशनमा रहेको मकवानपुरकै पुरानो दैनिक पत्रिका ‘हेटौँडा सन्देश’ मा कार्यरत सञ्चारकर्मी भुवन घलान आईडलको प्रतिस्पर्धामा छन् ।

उनीहरु दुबैले आईडलको प्रि अडिसन र मेगा अडिसन पार गर्दै स्टेज पर्फोमेन्सका लागि उत्कृष्ट २१ मा स्थान सुरक्षित गरेका हुन् । महरा मकवानपुरको हेटौँडा ११ थानाभर्याङका स्थायी बासिन्दा हुन् । यस अघि भएको व्यापार मेलामा आयोजित हेटौँडा आईडमा समेत उत्कृष्ट ७ मा पुग्न सफल भएकी महराले हेटौँडामा आयोजना भएको सिंगिङ स्टारमा पनि उत्कृष्ट ५ सम्म पुग्न सफल भएकी थिईन् । रेडियो अनमोल हरेक शुक्रबार दिउँसो ४ बजे गीतसँगीत सँगै सम्बन्धित चर्चित कार्यक्रम ‘अनमोल आईडल’ सञ्चालन गर्दै आएकी महरा गीतसंगीतमा आफुलाई धेरै नै रुचि भएको बताउँछिन् ।

सानैदेखि विद्यालय तथा अन्य स्थानमा गीत गाउँदै आएकी महराको आवाजलाई दर्शक तथा निर्णायकहरुले पनि मन पराउने गरेका छन् । उनले विभिन्न गायन प्रतियोगितामा सहभागी भएर पुरस्कार समेत जितेकी छिन् । अडिसनमा पहिलो पहिलो माया, उकाली ओरालीहरुमा, जिन्दगीको दुई पल लगायतका गीत गाएकी उनी आईतबारबाट हुने स्टेज पर्फोमेन्सका लागि पनि तम्तयार भएर लागेकी छिन् ।

अर्का प्रतिस्पर्धी तथा सञ्चारकर्मी भुवन घलान मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ घर भई हाल हेटौँडामा कार्यरत छन् । हेटौँडा सन्देश दैनिकमा कार्यरत उनी रेडियो प्राविधिक समेत हुन् । गीतसँगीतलाई जीवनसँग जोडेर हेर्ने उनी गीत सुनेर भावुक समेत हुने गरेको अनुभव सुनाउँछन् । ‘मलाई गीत सुन्न पाउँदा निक्कै आनन्द आउँछ, केही गीतहरु आफ्नै जीवनमा मेल खाएको अनुभव गर्छु र भावुक हुन्छु’, उनले भने, ‘तर प्रतियोगितामा भने पहिलो पटक भाग लिँदैछु ।’

हेटौँडा आईडल जस्ता अलि ठूला प्रतियोगितामा पहिलो पटक भाग लिँदै गरेका घलानले आफु विद्यालय तहमा रहँदा अन्ताक्षरी खेल्दादेखि नै गीतसँगीतमा रुचि बढेको बताउँछन् । विद्यालय, कलेज र अन्य विभिन्न कार्यक्रममा गीत गाएता पनि हेटौँडा आईडल आफ्नो लागि ठूलो प्रतिस्पर्धा भएको उनी बताउँछन् । अडिसनमा प्रमोद खरेलको म बिना नि बाँच्न सक्चौ भने तिमी, यस कुमारको थाकेको यो नजरमा लगायतका गीत गाएर उनी स्टेजका लागि छनौट भएका हुन् । मौका पाउने बित्तिकै गीत गुनगुनाईरहने घलान मुक्तक र गजल पनि निक्कै मार्मि र चोटिला लेख्छन् । उनी उदाउँदो साहित्यकार पनि हुन् । स्टेज पर्फोमेन्सका लागि आफु तयार रहेको बताउँदै उनले आईतबार स्टेज प्रस्तुति हेरेर प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् ।

हेटौंडा–५ क्याम्पाडाँडामा जारी मेला अन्तर्गत आईडलको उत्कृष्ट २१ मा भुवन घलान, पारु महरा, सुसन शाही ठाकुरी, करप रुम्बा, सुविन विश्वकर्मा, कविर गौतम, गंगा पाख्रिन, सारिका लामा, ईन्द्र घिमिरे, प्रेम बैठा, एलेक्स लामा, सुशल तामाङ, दिपक कालिराज, राजकुमार गोले, समर मानन्धर, अनिल लामा, राजेश दर्नाल, राज पौडेल, विनायक बिडारी लगायतका नव गायक/गायिकाहरु सहभागी छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । फागुन २८ गतेसम्म चल्ने मेलालाई यसअघि १६ गते नै गर्ने भनिएता पनि दुई दिन पछि सारिएको हो । मेलासम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । मेलामा हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), उमेश राई (फुलन्देकी आमा), शिवहरी पौडेल (मुखा हानु जस्तो), किरण केसी (राता मकै), सन्ध्या बुढा (काउली बुढी) लगायतका राष्ट्रिय कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने छन् ।

त्यस्तै गायक शिव परियार, सुजिल कर्माचार्य, अशोक दर्जी, सुगम पोखरेल, प्रदाप दास, निशान भट्टराई, कृष्ण काफ्ले, राजनराज सिवाकोटी, कुलेन्द्र विक, कमल क्षेत्री, मिलन लामा, प्रिती आले, चेतन सापकोटा, शिव हमाल, निशा लामा, सुनिल थापा, रेखा लामा, टंक बुढाथोकी, ए आर बुढाथोकी लगायतका कलाकारहरुले पनि स्टेज तताउने छन् ।

यो पनि पढ्नुहोस्–

आईतबारदेखि हेटौँडा आईडलको भिडन्त

हेटौँडामा औद्योगिक व्यापार मेला सुरु

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*