
आईतबारदेखि हेटौँडा आईडलको भिडन्त

चन्द्र घलान/हेटौँडा, १८ फागुन । मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको स्टेज भिडन्त सुरु हुने भएको छ । शनिबार हेटौँडा बजारबाट निस्किएको बृहत र्याली पश्चात हेटौंडा–५ क्याम्पाडाँडामा मेलाको उद्घाटन गरिसकिएको छ । मेलाको उद्घाटनसत्रमा नै स्टेज पर्फोमेन्सका लागि छानिएका उत्कृष्ट २१ ज्नाले राष्ट्रिय गान गाएका थिए ।
प्रतियोगितामा सहभागी भई प्रि अडिसन र मेगा अडिसन पार गर्दै स्टेज राउण्डका लागि छानिएका २१ जना प्रतिस्पर्धीहरुले आईतबार स्टेजमा प्रस्तुति दिने तय भएको उत्कृष्ट २१ मा पर्न सफल भुवन घलानले मुर्चुङ्गा टिभीलाई जानकारी दिए । आईडलको उत्कृष्ट २१ मा भुवन घलान, पारु महरा, सुसन शाही ठाकुरी, करप रुम्बा, सुविन विश्वकर्मा, कविर गौतम, गंगा पाख्रिन, सारिका लामा, ईन्द्र घिमिरे, प्रेम बैठा, एलेक्स लामा, सुशल तामाङ, दिपक कालिराज, राजकुमार गोले, समर मानन्धर, अनिल लामा, राजेश दर्नाल, राज पौडेल लगायतका नव गायक÷गायिकाहरु सहभागी छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडल सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।

तस्बिर–भुवन घलान
फागुन २८ गतेसम्म चल्ने मेलालाई यसअघि १६ गते नै गर्ने भनिएता पनि दुई दिन पछि सारिएको हो । मेलासम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । मेलामा हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), उमेश राई (फुलन्देकी आमा), शिवहरी पौडेल (मुखा हानु जस्तो), किरण केसी (राता मकै), सन्ध्या बुढा (काउली बुढी) लगायतका राष्ट्रिय कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने छन् ।
त्यस्तै गायक शिव परियार, सुजिल कर्माचार्य, अशोक दर्जी, सुगम पोखरेल, प्रदाप दास, निशान भट्टराई, कृष्ण काफ्ले, राजनराज सिवाकोटी, कुलेन्द्र विक, कमल क्षेत्री, मिलन लामा, प्रिती आले, चेतन सापकोटा, शिव हमाल, निशा लामा, सुनिल थापा, रेखा लामा, टंक बुढाथोकी, ए आर बुढाथोकी लगायतका कलाकारहरुले पनि स्टेज तताउने छन् ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो