
फोनिजको प्रदेश भेलाका लागि मकवानपुरबाट थप प्रदेश पार्षद चयन

हेटौँडा, १८ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश स्तरीय भेलाका लागि मकवानपुरबाट थप एक जना प्रदेश पार्षद थप गरिएको छ । फोनिजको केन्द्रीय बैठकमा निर्णय भएअनुसार मकवानपुरबाट एक जना प्रदेश पार्षद थप गर्नु भएकोले शनिबार भएको बैठकले एक जना पार्षद र एक जना पर्यवेक्षक चयन गरेको हो ।
शनिबार भएको बैठकबाट प्रदेश पार्षदमा मकवानपुरका अग्रज पत्रकार सुर्वण श्रेष्ठलाई चयन गरिएको हो । त्यस्तै पर्यवेक्षकका रुपमा सञ्चारकर्मी दुदुमाया सिन्तानलाई चयन गरिएको छ । यस अघि नै फोनिज मकवानपुरको अधिवेशनबाट सुरजकुमार भुजेल, रञ्जिता डंगोल र दिलबहादुर रुम्बालाई प्रदेश पार्षदमा चयन गरिसकिएको छ । फोनिजको प्रदेश भेला आउँदो चैत्र महिनासम्म हुने बताइएको छ ।
बैठकमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष तथा ३ नम्बर प्रदेश पत्रकार महासंघका महासचिव कृष्ण सारु मगर, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष तिर्थ थापा मगर सहित फोनिज मकवानपुरका सदस्यहरुको सहभागिता रहेको थियो ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो