
हेटौँडामा औद्योगिक व्यापार मेला सुरु

हेटौँडा, १८ फागुन । मकवानपुरको हेटौँडामा शनिबारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । शनिबार हेटौँडा बजारबाट निस्किएको बृहत र्याली पश्चात हेटौंडा–५ क्याम्पाडाँडामा मेलाको उद्घाटन गरिएको हो ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मेलाको औपचारिक रुपमा उद्घाटन गरेका छन् । उद्घाटन अघि भएको र्यालीमा मकवानपुरमा भएका करिब आधा दर्जन बाजा समूहले पञ्चे बाजा तथा नौमती बाजासहित नेपाली भेषभुषामा र्यालीको आयोजना गरिएको थियो । र्यालीमा मेला आयोजक मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी, जिल्लाका विभिन्न बाजा समूहरु, खेलाडी, हेटौंडाका जेसीजहरु लगायतको उपस्थिति रहेको थियो । फागुन २८ गतेसम्म चल्ने मेलालाई यसअघि १६ गते नै गर्ने भनिएता पनि दुई दिन पछि सारिएको हो ।
मेलासम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट २१ प्रतिष्पर्धीले स्टेज प्रस्तुति दिनेछन् । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका छन् । मेलामा हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको छ । मेलामा हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), उमेश राई (फुलन्देकी आमा), शिवहरी पौडेल (मुखा हानु जस्तो), किरण केसी (राता मकै), सन्ध्या बुढा (काउली बुढी) लगायतका राष्ट्रिय कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने छन् ।
त्यस्तै गायक शिव परियार, सुजिल कर्माचार्य, अशोक दर्जी, सुगम पोखरेल, प्रदाप दास, निशान भट्टराई, कृष्ण काफ्ले, राजनराज सिवाकोटी, कुलेन्द्र विक, कमल क्षेत्री, मिलन लामा, प्रिती आले, चेतन सापकोटा, शिव हमाल, निशा लामा, सुनिल थापा, रेखा लामा, टंक बुढाथोकी, ए आर बुढाथोकी लगायतका कलाकारहरुले पनि स्टेज तताउने छन् ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो