घर जलेपछि गाउँ–गाउँमा सहयोग माग्दै मानबहादुर योञ्जन

१७ फाल्गुन २०७५, शुक्रबार १८:१९
Man Bahadur Yonjan-Murchunga TV

हेटौँडा, १७ फागुन । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ८ फापरबारी दमाई खोला बस्ने मानबहादुर योञ्जनको घर जलेपछि खाना,लाउन तथा बास बस्न समेत समस्या भएको छ । गएको मंसिर १५ गते शनिबार दिउँसो करेन्ट सर्ट भएर योञ्जनको घरमा आगलागी भएको थियो ।

आगालागीमा परेर योञ्जनको दुई तले काठको घर, घरमा भएका सबै अन्नपात, लत्ताकपडा र अन्य सामाग्रीहरु जलेर नष्ट भएको उनले बताए । उनको २ वटा गोठ र गोठमा भएको सबै सरसामान समेत जलेको छ । आगलागीका भएर ५ लाख ९७ हजार बराबरको रकम समेत जलेको उनले सुनाए । ११ र ७ वर्षीया दुई छोरी सहित श्रीमती, दिदी र आफु सहितको परिवार धान्न उनलाई निकै समस्या भएको उनले सुनाए । मकवानपुरको हेटौँडामा चन्दा संकलन गरेर हिँडिरहेका उनले मकवानपुरे पत्रकार जी न्यौपानेसँग आफ्नो दुःखेसो पोखे । ‘कतैबाट राहत पाईनँ, घर चलाउन पनि समस्या भएपछि अहिले चन्दा संकलन गरेर हिँडेको छु,’ उनले भने, ‘बस्न,लाउन र खानाको जोहो गर्न पाए यसरी भौतारिनु पर्ने थिएन ।’

घर जलेर नष्ट भएता पनि कतैबाट राहत नपाएकोले आफु गाउँगाउँमा चन्दा संकलन गरेर हिँडेको उनले बताए । उनले आफुलाई सहयोग गर्नका लागि ९८४५७८२४२५ र वडा अध्यक्ष धनबहादुर योञ्जनको फोन नम्बर ९८५५०८८४६६ फोन गरेर सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*