हेटौंडामा मानवसेवा आश्रमको अनुष्ठानमा सहयोगीहरु बढ्दै

१७ फाल्गुन २०७५, शुक्रबार १७:५८
Manav Sewa Aashram Sahayog-Murchunga TV

हेटौँडा, १७ फागुन । मकवानपुरको हेटौँडामा फागुन १२ गतेदेखि जारी ‘मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठान–२०७५’ मा सहयोगको क्रम जारी छ । अनुष्ठानमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले उदघाटन सभामै दुई लाख रुपैयाँ सहयोग गरेका थिए । हरेक दिन विशेष पुजाआजाको साथमा सुभारम्भ हुने गरेको अनुष्ठानमा दिनमा संगीतमय प्रवचन तथा प्रस्तुतीहरु भैरहेको आयोजकले जनाएको छ ।

अनुष्ठान मुल आयोजक समितिका संयोजक तथा शिक्षाविद पुरण बहादुर जोशीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टको तर्फबाट दश लाख रुपैया र मानवसेवा आश्रमका प्रमुख संरक्षक डाक्टर गोविन्द टण्डनले दश लाख पचास हजार सहयोग समेत गरिसकेका छन् । अनुष्ठानको मुख्य वाचकको रुपमा चैतन्य कृष्णजी महाराजले प्रवचन दिईरहेका छन् । अनुष्ठानको चौथोदिन सम्ममा ५० लाख २० हजार ६० रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ । अनुष्ठानबाट २ करोड उठाउने लक्ष्य राखिएको छ । आश्रमको हाल १२ जिल्लामा १४ स्थानमा शाखा तथा उपशाखाहरु सञ्चालनमा रहेको छ ।

मानवसेवा आश्रमले हेटौंडामा निर्माण गरिरहेको ३०० जना सहयोगापेक्षी घरबार विहिन, बेसहारा, असाहय तथा जीवन नै जोखिममा रहेका मानवहरुको सेवा गर्न सकिने भवनको पुर्णता दिने तथा सुदृढ अक्षयकोष निर्माण गर्ने उद्देश्यले अनुष्ठान आयोजना गरिएको हो । हरेक दिन साँझ हेटौंडाको विभिन्न ठाउँबाट गाडी नै रिजर्भ गरेर करिब ५ सयदेखि ७ सय जना हेटौंडाबासी कार्यक्रममा सहभागी भएको आयोजकले जनाएको छ । अनुष्ठानमा १७ गते निखिल उप्रेती, १८ गते मनोज गजुरेल १९ गते दिपा श्री निरौला र सुमन गिरी तथा २० गते शिवहरी पौडेल र किरण के.सी. आउने तय भएको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*