
कांग्रेस निकट दलित विभाग मकवानपुरको विभागीय समिति गठन

हेटौंडा, १७ फागुन । नेपाली कांग्रेस मकवानपुर निकट दलित विभागको विभागीय समिति शुक्रबार गठन गरिएको छ । दलित विभाग संघको संयोजक गोपीलाल विश्वकर्माको सभाध्यक्षतामा बसेको विशेष बैठकले समिति गठन गरेको हो ।
बैठकले सचिवमा कृष्ण नेपाली, सदस्यहरुमा ईश्वर वि.क., सुर्य वि.क., पुरुषोत्तम विश्वकर्मा, उमेश सुनार, समिता रसाईली सुनार, सुनिता दर्नाल, धनबहादुर गहतारा, रामबहादुर देउला, सचिता सदाशंकर, शरण पहेली, काजेन्द्र परियार र कमला विकलाई मनोनयन गरेको छ ।
विशेष बंठकमा जिल्ला सचिव आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेललगायतको नेताहरुको उपस्तिथि रहेको थियो ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो