हेटौँडामा मनाईयो कांग्रेसका संस्थापक नेता राणाको जन्मजयन्ती

१७ फाल्गुन २०७५, शुक्रबार १७:३१
Nepali Congress Janma Jayanti-Murchunga TV

हेटौंडा, १७ फागुन । नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक अध्यक्ष, आधुनिक नेपालका प्रथम अर्थमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयका संस्थापक उपकुलपति तथा नेपाली कांग्रेसका पूर्वसभापति सुवर्ण शमशेर राणाको १०८ औं जन्मजयन्ती शुक्रबार हेटौँडामा मनाइएको छ ।

नेपाली कांग्रेस मकवानपुरले जन्मजयन्ती मनाएको हो । नेपाली कांग्रेस मकवानपुरका सचिव आनन्द कठायतको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका नेताहरुले १९६७ मा जन्मेका राणाले नेपालको क्रान्ति सफल बनाउन अतुलनिय योगदानको दिएको बताए । कार्यक्रममा बोल्दै वक्ताहरुले विश्वेश्वरप्रसाद कोइरालाकै कारण २००७ सालको जनक्रान्ति सम्भव भएको र उक्त क्रान्तिमा राणा लागेकै कारण सफलता सम्भव भएको बताए ।

२००७ सालको क्रान्तिमा निरंकुश राणाशासनका विरुद्ध जनक्रान्तिका पक्षमा जनतालाई जागृत गर्न बर्माबाट मान्छेले खर्पन वा डोकोमा बोकेर हातहतियार ल्याउने कुरा नभएको बताउँदै वक्ताहरुले मुक्तिसेनाको गठन, तालिम र बन्दोबस्ती गर्नेदेखि पार्टी संगठन परिचालन तथा काठमाडौं उपत्यकालगायत देशभर आकाशबाट पर्चा छर्न राणाकै हवाइजहाजबाट संभव भएको वक्ताहरुले बताए । २००३ सालमा बीपीको अगुवाइमा गठन भएको नेपाल राष्ट्रिय कांग्रेस र २००५ सालमा सुवर्ण शमशेरको नेतृत्वमा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेस २००६ साल चैत २७ गते एकिकरण भएर २००७ सालको जनक्रान्ति सफल भई २०१७ पुस १ गते राजा महेन्द्रको निरंकुश कदम विरुद्ध राणाको नेतृत्वमा सशस्त्र क्रान्ति भएको बताएका उनीहरुले दाबी गरे ।

कार्यक्रममा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, शिक्षा विभाग प्रमूख कृष्णप्रसाद दाहाल, जिल्ला सदस्य राजिव सुवेदी, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, महाधिबेशन प्रतिनिधि टेकनाथ शिवाकोटीलगायत नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*