
तामाङ चलचित्र ‘श्होङ’ को ट्रेलर आउट, प्रेम र द्वन्दको समिश्रण

चन्द्र घलान/हेटौँडा, १७ फागुन । तामाङ कथानक चलचित्र ‘श्होङ’ को ट्रेलर सार्वजनिक गरिएको छ । यही फागुन २० गते अष्ठनारायण हल बालाजुमा प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको ट्रेलरमा द्वन्द र प्रेमलाई समावेश गरिएको छ । कथा र संवादका साथै ट्रेलरमा समावेश गीतहरु समेत चर्चामा रहेका कारण चलचित्रले सफलता पाउने निश्चित भएको निर्माण पक्षको दाबी छ ।
तामाङ समुदायको ल्हाप्साङकार्पो क्षेत्रको तामाङ भाषा, सँस्कृति र लोक जीवनशैलीमा आधारित चलचित्रलाई फागुन २० गते बिहान ८ बजे प्रदर्शन गर्न लागिएको छ । ल्हाप्साङकार्पो म्यूजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको ४ मिनेट ६ सेकेण्ड लामो ट्रेलरमा अधिकांश मुख्य कलाकारहरुको अभिनय समेटिएको छ । चलचित्रका चर्चित गीतहरुलाई समेत ट्रेलरमा स्थान दिइएको छ । तामाङ पत्रकारितामा ‘कुकुर कविता’ शिर्षकमा व्यङ्ग्य कविता लेखेर चर्चामा आएका नव कलाकार तथा साहित्यकार वाङ्जु वाईबाको अभिनय पनि ट्रेलरबाटै देख्न सकिन्छ । यो सामाग्री तयार पार्दाको समयमा ट्रेलरलाई करिब ३ हजार पटक हेरिएको छ ।
चलचत्रिमा एन्जिला वाईबा, मर्नेन तामाङ, कान्छा लामा, रुपा एस घले, आरम्भ तामाङ, सिंगबहादुर तामाङ, गोम्बो घले, बिकल लामा, ए.आर तामाङ, वाङ्जु वाईबा, कुशल थिङ, संगम ज्याक्सन, फुर्बा तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । रोशन फ्युबा तामाङको निर्देशन तथा सिंगबहादुर तामाङको कथा र संवाद रहेको चलचित्रलाई प्रेम तामाङ र अनमोल तामाङले निर्माण गरेका हुन् । प्रकाश तामाङको छायाँकन हेर्न सकिने चलचित्रमा पेमा टाशीले ड्रोन चलाएका छन् । चलचित्रलाई नुवाकोटको किस्पाङ गाउँपालिकाको साल्मे तथा भल्छे क्षेत्रमा छायाँकन गरिएको बताइएको छ ।
सिंगबहादुर तामाङकै कोरियोग्राफी रहेको चलचित्रलाई रोशन फ्युबाले सम्पादन गरेका हुन् । चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मा ल्हाप्साङकार्पो म्यूजिकले लिएको छ । चलचित्रका गीतहरुमा निर्मला घिसिङ, जितु लोप्चन, मनोज लोप्चन, मनमाया वाईबा र सुरेश लामाको अवाज सुन्न सकिन्छ । सिंगबहादुर तामाङ र जमुना तामाङको शब्द रहेको गीतहरुलाई रोशन फ्युबाले संगीत दिएका छन् । चलचित्रका गीतलाई रिकेश गुरुङ, पवन वाङ र जोगलाल लामाले एरेञ्ज गरेका हुन् ।
यस अघि नै चलचित्रको टिजरलाई डिसेम्बर २३ तारिखमा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । टिजरलाई यो समाचार तयार पार्दाको समयमा करिब १० हजार पटक हेरिएको छ । साथै नायिका एन्जिला वाईबाको जन्मदिनको अवसर पारेर चलचित्र युनिटले श्होङको पहिलो गीत समेत सार्वजनिक गरिसकेको छ । ‘ङ्याङ्ला माया’ बोलको उक्त गीतलाई यो सामाग्री तयार पार्दाको समयमा १८ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ५ सयभन्दा बढी लाईकहरु गरिएका छन् । गीतमा चर्चित गायिका जितु लोप्चन र गायक मनोज लोप्चनको आवाज सुन्न सकिन्छ । गीतमा सिंगबहादुर तामाङ र एन्जिला वाईबालाई फिचरिङ गरिएको छ । हेर्नुहोस् ट्रेलर–
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो