तामाङ सिरियल ‘आबा ङाछा’ को आठौँ भाग यस्तो बन्यो

हेटौँडा, १७ फागुन । डिस होमको रमाइलो एचडीमा प्रत्येक बिहीबार साँझ ६ः३० बजे प्रसारण हुने कमेडी तामाङ सेरियल ‘आबा ङाछा’ले सफलता पुर्वक आठौँ श्रृङ्खला पार गरेको छ । ‘आबा ङाछा’ को आठौँ श्रृङ्खला युट्युब मार्फत सार्वजनिक भएको छ ।
सिरियललाई युट्युबमा टिएफ च्यानल मार्फत पनि हेर्न सकिन्छ । बढिजसो तामाङ भाषा र केही पात्रगत हिसाबले नेपाली भाषा समेत मिसाइएको टेलि सिरियललाई जयन कुमार मोक्तानले लेखन निर्देशन गरेका हुन् । जातिय पहिचान, धर्म, सँस्कार र सँस्कृतिलाई संरक्षण गर्दै प्रवर्धन गर्ने मुल उद्देश्यले आबा ङाछाको निर्माण गरिएको हो ।
तामाङ भाषासँगै तामाङ भेषभुषामै देखिने कलाकारहरुले तामाङ भाषामा निकै स्वादिला कमेडी डाईलगहरु बोल्छन् । सिरियलमा जयनकुमार मोक्तान, फुलमान फुलमान स्याङ्तान, सुरेन्द्र स्याङ्बा, उदाश लामा, गोर्खा घिसिङ, सन्तोष लामा, कविता दोङ, मिस शंखु, कुमार लामा, विशाल मोक्तान, सुस्मिता तामाङ, राजिव लामा, मिना दोङ तामाङ, आकृति मोक्तान, अञ्जु तामाङ, अर्बिन्द कापर लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ । टेलिसिरियलमा स्याउरी माया, लखरमाया लगायतका विभिन्न पात्रहरुले पेट मिची मिची हँसाउने गर्छन् ।
योगेन्द्र कार्कीको छायाँकन रहेको टेलिसिरियललाई सविता लामाले निर्माण गरेकी हुन् । आबा ङाछाको शिर्ष गीतलाई प्रयास दोङले संगित र आवाज दिएका छन् । चलचित्रको ब्याकग्राउण्ड स्कोर कुमार लामा योञ्जनले सम्हालेका छन् । हेरौ टेलिसिरियलको आठौँ भाग–
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो