कोगटेमा पनि बाक्लो हिमपात, मकवानपुरमा कहाँ–कहाँ पर्यो हिउँ ?

१६ फाल्गुन २०७५, बिहीबार १३:०९
Fakhel Himpat-Murchunga TV

हेटौँडा, १६ फागुन । मकवानपुर जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा हिमपात भएको छ । हिमपातका कारण हिमपात भएका क्षेत्रको जनजिवन समेत प्रभावित भएको छ । उक्त क्षेत्रहरुमा विद्यूत आपुर्ति बन्द हुनुका साथै खानेपानीका पाईपहरु समेत फुटेका छन् ।

मकवानपुरमा विशेष गरी सबैभन्दा बढी हिमपात हुने क्षेत्र थाहा नगरपालिकाको सिमभञ्ज्याङ क्षेत्र भएता पनि त्यस बाहेका अन्य क्षेत्रमा समेत यो वर्ष बाक्लो हिमपात भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ७ कोगटेमा समेत यो वर्ष बाक्लो हिमपात भएको छ । कोगटेको बाह«घरे, मेलटार लगायतका क्षेत्रमा समेत करिब एक हात बाक्लो हिपात भएको शिक्षक तान्जेन तामाङले जानकारी दिए । श्री माध्यमिक विद्यालय कोगटे परिसरमा समेत हिमपात भएको तामाङले जानकारी दिए । घाम लागेता पनि अझै पनि रुख सेतै हुने गरी हिउँ जमेको उनले बताए । त्यस्तै भिमफेदी ७ स्थित बाह्रघरेमा पनि बाक्लो हिमपात भएको स्थानीय लालीमाया योञ्जनले जानकारी दिईन् । करिब एक दशकपछि सो क्षेत्रमा समेत बाहिर निस्कनै समस्या पर्ने गरी हिमपात भएको उनले बताईन् । साथै अहिले पनि हिमपात हुन लागेको बताईन् ।

कोगटेमा परेको हिउँ, तस्बिर–तान्जेन तामाङ

उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित सिमभञ्ज्याङ र दामनमा गएरातिदेखि सुरु भएको हिमपात रोकिने र फेरि पर्ने भइरहेको छ । हिमपातको कारण सवारीसाधन समेत ठप्प बनेका छन् । थाहा नगरका अन्य स्थानमा समेत हिमपात भएका कारण त्यहाँ भएका रुखहरु, बनपाखामा हिउँ फुलेर सेताम्य बनेको छ । थाहा नगरको दामन, सिमभञ्याङ तथा शिखरकोट लगाएतको क्षेत्रमा बाक्लो हिमपात भएको हो । हिउँ खेल्न गएका पर्यटकहरुले थाहा नगरका विभिन्न स्थानहरु भरिभराउ भएका छन् ।

कोगटेमा परेको हिउँ, तस्बिर–तान्जेन तामाङ

त्यस्तै उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिका अन्तर्गत फाखेलमा हिँउ परेका कारण हेटौँडाबाट फाखेल हुँदै काठमाण्डौँ जाने सुमो तथा अन्य यातायातको साधन समेत रोकिएका छन् । काठमाडौँबाट हेटौँडा आउँदै गरेका मकवानपुरे संचारकर्मी मणिराज गौतमले हिउँमा थरथर काम्दै सुट गरेको भिडियो समेत सार्वजनिक गरेका छन् । सडक हिउँले भरिएपछि सवारी चलाउन नसकिएकोले उनी फाखेलमै रोकिएका थिए ।

कोगटेमा परेको हिउँ, तस्बिर–तान्जेन तामाङ

 

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*