छिरिङ दोर्जेको ‘मकवानपुरे ठिटो’ म्यूजिक भिडियो रिलिजको तयारीमा

१६ फाल्गुन २०७५, बिहीबार १२:१४
Makawanpure Thito-Murchunga TV 1

चन्द्र घलान/हेटौँडा, १६ फागुन । मकवानपुरका बहुप्रतिभाशाली कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको लय तथा शब्द रहेको ‘मकवानपुरे ठिटो’ गीतको म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारी गरिएको छ । केही समयअघि मात्र छायाँकन सकिएको भिडियोको अहिले धमाधम सम्पादन कार्य भईरहेको कलाकार लामाले जानकारी दिए ।

गीतको म्यूजिक भिडियोलाई फागुन २५ गते सार्वजनिक गर्ने तयारी गरिएको छ । जनक लामा, अर्चना स्याङ्तान र सेन्जी ब्लोनको आवाज रहेको गीतको म्यूजिक भिडियोलाई ह्वाईट मिडिया प्रालिले पोष्ट प्रोडक्सनको जिम्मा लिएको छ । म्यूजिक भिडियोमा करिश्मा ढकाल, चन्द्र तामाङ, सुवाश तामाङ र निर्मला मोक्तानले अभिनय गरेका छन् । प्रविन थापाको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई नमराज घिमिरेले खिचेका हुन् । म्यूजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् ।

मकवानपुर जिल्लाको साविक सरिखेत गाविस वडा नम्बर ९ मुङ्ग्रेमा जन्मिएका बहुप्रतिभाशाली कलाकार छिरिङ दोर्जे लामाको यो दोस्रो मौलिक भाका हो । लामाले लोकदोहोरी गीत ‘रुँदै रुँदै भइयो पर्देशी’ मा समेत अभिनय गरेका छन् । उनले लघु चलचित्र आकर्षण, आधी बाटो लगायतमा समेत अभिनय गरेका छन् ।

विभिन्न लघु चलचित्रहुँदै लोकदोहोरीमा अभिनय समेत गर्दै आएका लामाले यस अघि ‘म्यासेञ्जर फेसबुकमा’ बोलको गीत रेकर्डिङ गराएका थिए । उनको शब्दमा तयार भएको उक्त गीतको अडियो भर्सन मात्र युट्युबमा सार्वजनिक गरिएको थियो । गीतमा गायक टिबी पाख्रिन, गायिका रमा लामाका साथै सेन्जी लामा र सुमन अधिकारीले आवाज दिएका थिए । गीतमा गायक पाख्रिनले नै संगीत भरेका थिए । न्यू पाख्रिन क्रियशन प्रालिले गीतलाई तयार पारेको थियो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*