मोडल पुसन लामा ल्होछार कार्यक्रमका लागि दुबई प्रस्थान

१६ फाल्गुन २०७५, बिहीबार ०९:३१
Pusan Lama Program At UAE-Murchunga TV 2

हेटौँडा, १६ फागुन । तामाङ चलचित्र संघकी केन्द्रिय सदस्य तथा चर्चित मोडल पुसन लामा दुबई प्रस्थान गरेकी छिन् । मार्च १ तारिखका दिन दुबईमा हुने ल्होछार साँस्कृतिक कार्यक्रमको लागि उनी बिहीबार दुबई प्रस्थान गरेकी हुन् ।

उनी दुबई प्रस्थान गरेको बारेमा जानकारी दिँदै तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले शुभकामना सन्देश समेत सामाजिक सञ्जालमार्फत पोष्ट गरेका छन् । उनले लेखेका छन् ‘ तामाङ चलचित्र संघको केन्द्रिय सदस्य तथा कलाकार पुसन लामा, मार्च १ मा दुबईमा हुन गइरहेको ल्होछार साँस्कृतिक कार्यक्रमको लागि आज दुबई प्रस्थान गर्नु भएको हुँदा उहाँलाई सफल यात्राको सुभ कामना व्यक्त गर्दछु ।’

Pusan Lama Program At UAE-Murchunga TV 3

शेर्पाहरुको महान चाड सा मो फाक ल्हो २१४६ औँ ग्याल्पो ल्होछारका अवसरमा ल्होछार साँझको आयोजना गरिएको हो । बरदुबईमा हुने ल्होछार साँझलाई शेर्पा किदुग युएई परिवारले आयोजना गरेको हो । बर दुबईमा अवस्थित अस्टोरिया होटलको पहिलो तला माथि अवस्थित एभरेस्ट रेस्टो क्लब एन्ड बारमा कार्यक्रम हुनेछ । दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रम राति ८ बजेसम्म चल्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा मोडल पुसन लामासहित चर्चित गायक गम्बु शेर्पा, पहिलो शेर्पा समुदायका डिजे बन्न सफल डिजे तेन्जिङ, सेलो गायक आङ तेन्जी शेर्पाका साथै प्रवाशी कलाकारहरुले प्रस्तुति दिनेछन् । कार्यक्रमको सञ्चालन याङ्जोम शेर्पाले गर्नेछिन् । कार्यक्रममा सहभागी हुन चाहाने दर्शकहरुका लागि आबुधावीबाट निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

Pusan Lama Program At UAE-Murchunga TV 1

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*