निर्देशक बाबु थिङ भन्छन्–‘मी लोभी’ मा पारिवारिक कथा छ’

१५ फाल्गुन २०७५, बुधबार २०:२०
Featured Video Play Icon

हेटौँडा, १५ फागुन । तामाङ कथानक चलचित्र ‘मी लोभी’ को छायाँकन यतिखेर मकवानपुर सहितको आसपासका क्षेत्रमा धमाधम भईरहेको छ । केही दिनअघि मात्र मकवानपुरको मनहरीमा चलचित्रको क्लाईमेक्स खिचिएको छ । तामाङ चलचित्रका क्षेत्रमा मकवानपुरकै चर्चित निर्देशक तथा कलाकार बाबु थिङको निर्देशनमा चलचित्र निर्माण भएको हो । मनहरीका सञ्चारकर्मी जयराम मुक्तानसँग कुराकानी गर्दै उनले चलचित्रमा पारिवारिक कथा भएको बताएका छन् ।

आँखाको लोभका कारण परिवारमा आउने समस्याहरुका बारेमा पनि चलचित्रले बोल्छ । हेरौँ उनको अन्तरवार्ता–

यो पनि पढ्नुहोस्– यसरी हुँदैछ तामाङ चलचित्र ‘मी लोभी’ को सुटिङ (भिडियो रिपोर्ट)

यस अघि ‘रुङ्सी टिला’ चलचित्र निर्माण गरेको ह्याङ्ला मकवानपुर फिल्मस् प्रा.लि.को ब्यानरमा चलचित्र निर्माण सुरु भएको हो । चलचित्रमा नायक ऋतुराज पाख्रिनको पटकथा र संवाद रहेको छ । चलचित्रलाई आइसिङ घलानले निर्माण गरेका हुन् । अभिषेक किराँतीको छायाँकन रहेको चलचित्रमा राजु किराँतीको द्वन्द हेर्न सकिन्छ । चलचित्रमा सुशिल मुक्तान र रविन कुमार चेपाङको संगीत छ ।

पारिवारिक कथा बोकेको चलचित्रमा आफ्नो मान्छे आफ्नै हुने सन्देश रहेको छ । चलचित्रको नाम ‘मी लोभी’ अर्थात आँखा लोभी भनिए जस्तै चलचित्रको कथामा बाहिरी आँखाले लोभ गर्दा आईपर्ने समस्याहरुका बारेमा समेत देखाईएको छ । यसअघिका चलचित्रहरुका सिधासाधा प्रेमिकाको भूमिकामा बढी देखिएकी नायिका सुष्मा मोक्तानलाई यस चलचित्रमा एक्सन अवतारमा उभ्याइएको छ । चलचित्रको सुटिङका क्रममा उनी घाईते समेत हुने गरेकी छिन् ।
चलचित्रमा बाबु थिङ सहित चर्चित नायिका सुष्मा थिङ, सम्झना रुम्बा, बिन्दा थिङ, प्रकाश रुम्बा, सुशिल मुक्तान, बिनोद तामाङ, राधिका स्याङ्तान, राजकुमार स्याङ्तान, आईसिङ घलान लगायतका कलाकारहरुको अभिनय रहेको छ । अहिलेसम्म चलचित्रको २५ प्रतिशत छायाँकन सकिएको निर्देशक बाबु थिङले जानकारी दिए । चलचित्रको छायाँकन मकवानपुर, काठमाडौँ, बारा, सिन्धुली लगायतका स्थानहरुमा हुने बताइएको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*