
यस्तो बन्यो चलचित्र ‘साईनो’ को गीत

हेटौँडा, १५ फागुन । नेपाली कथानक चलचित्र ‘साईनो’ को ‘मायालुलाई भेटियो जात्रैमा’ बोलको गीत सार्वजनिक भएसँगै चर्चामा आएको छ । दुई दिन अघि मात्रै युट्युबमा अपलोड गरिएको गीतलाई यो सामाग्री तयार पार्दाको समयमा नै करिब ४७ हजार पटक हेरिएको छ ।
चर्चित गायिका मेलिना राई र गायक प्रताप दासको आवाजमा रहेको गीतलाई एक हजारभन्दा बढी लाईक प्राप्त भएको छ । चेतन कार्कीको शब्द बसन्त सापकोटाको संगीत र उदयराज पौडेलको संगीत संयोजनमा गीत तयार भएको हो । आउँदो वर्षको जेष्ठ १० गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई चन्द्र फिल्म प्रोडक्सनले निर्माण गरेको हो । रामजी लामिछानेको कोरियोग्राफ रहेको चलचित्रको गीतलाई बनिष शाहले सम्पादन गरेका हुन् ।
भुवनचन्द थापाको लगानीमा बनेको चलचित्रलाई अभिमन्यू निरवीले लेखेका हुन् । त्यस्तै चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निता ढुङ्गाना, मिरुना मगर, राजकुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदिप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, राजा राजेन्द्र पोख्रेल, विशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बासुकला मैनाली लगायतका कलाकारहरुको अभिनय रहेको छ । हेरौँ भिडियो–
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै