हेटौँडाबाट प्रतिबद्धत्ता–अपाङ्गता भएकालाई यातायातमा छुट

१५ फाल्गुन २०७५, बुधबार ०७:३४
Apanga-Yatayat Subidha-Murchunga TV

हेटौँडा, १५ फागुन । शारिरीक रुपमा अपाङ्गता भएकालाई भाडाका सवारी साधनमा सुविधा दिन हेटौँडाबाट यातायात व्यवसायीहरुले प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ३ ले मंगलबार हेटौंडामा आयोजना गरेको अपाङ्गता भएकालाई यातायात सुविधा सम्बन्धी अन्तरक्रियामा उनीहरुले प्रतिवद्धता जनाएका हुन् ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार अपाङ्गता भएकालाई सार्वजनिक सवारी साधनमा भाडामा ५० प्रतिशत छुट र कम्तीमा दुई सिट छुट्याउनुपर्ने लगायतको व्यवस्था छ । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ३, हेटौंडाकी कार्यक्रम अधिकृत रञ्जु राईले कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गताको परिभाषा, प्रकार, अपाङ्गता भएका व्यक्तिको अधिकार र कानूनी व्यवस्थाबारे जानकारी दिईन् ।

जिल्ला प्रहरी कार्यालय प्रमुख एवम् प्रहरी उपरिक्षक मुकेशकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष अश्विन लम्सालले सहजिकरण गरेका थिए । कार्यक्रममा यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका निमिक्त प्रमुख पोषण थापा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत बिष्णुरञ्जन बराल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विरेन्द्रकुमार ठाकुर, नारायणी यातायात व्यबसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, मकवानपुर साझा यातायात प्रालिका सचिव बुद्धकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*