हेटौँडाको व्यापार मेलामा विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच

१५ फाल्गुन २०७५, बुधबार ०७:२५
Health Checkup-Murchunga TV

हेटौँडा, १५ फागुन । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौँडामा हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५ मा निशुल्क स्वास्थ्य शिविर पनि हुने भएको छ । फागुन को १६ गते बाट हेटौंडा ५ क्याम्पा डाँडामा हुन लागेको मेलामा ९ दिन विभिन्न रोगको छुट्टाछुट्टै विशेषज्ञ डाक्टरहरुद्धारा सेवा दिने संघका उपाध्यक्ष तथा मेलाका शैक्षिक तथा प्राथमिक उपचार व्यवस्थापन समितिका संयोजक कृष्ण कुमार गुप्ताले बताए ।

मेलामा १७ गते शुक्रबार छाला रोग विशेषज्ञ डा. रजनी अग्रवालद्धारा स्वास्थ्य सेवा हुने भएको छ । १८ गते शनिबार नाक, कान, घाँटी सम्बन्धीका डा. इनक्लाब ढुङ्गानाले सेवा दिने जनाइएको छ । त्यस्तै, १९ गते आइतबार मधुमेह, प्रेसर,तथा क्यान्सर रोगका विशेषज्ञ डा. सुरेश कुमार दीपले भरतपुरबाट आइ सेवा दिनेछन् । २० गते सोमबार हेटौंडाका बाल रोग विशेषज्ञ डा. हरि बहादुर खड्काले बाल रोगको सेवा प्रदान गर्ने जनाइएको छ । २१ गते देखि २४ गते सम्म कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परिक्षण गरिने समितिका संयोजक गुप्ताले बताए ।

२१ गते मंगलबार मुटु रोग विभाग विशेषज्ञ डाक्टरबाट, २२ गते बुधबार नाक, कान,घाँटी रोग विभागबाट, २३ गते विहीबार दन्त रोग विभागबाट र २४ गते शुक्रबार स्त्री तथा प्रस्तुती विभागका डाक्टरहरुबाट सेवा दिने जनाइएको छ । त्यस्तै २५ गते शनिबार हेटौडाको सामुदायिक आँखा अस्पतालले सेवा दिने संयोेजक गुप्ताले बताए । हेटौंडाको क्याम्पाडाँडा चौरमा व्यापार मेला संगैै मेला हेर्न आउँदा दर्शकहरुले मनोरञ्जन मात्र नभई स्वास्थ्य शिविर संचालन गरि स्वास्थ्य सेवा समेतको व्यवस्था गरिएको संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले बताए । प्रवक्ता अधिकारीका अनुसार मेला घाटानाफाको मात्र नभई सामाजिक सेवा प्रदान गर्ने हेतुले पनि आयोेजना गरिएको बताए ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*