अर्पणाका लागि धरधरी रोए हेटौँडाका रायु, लुमीले विक्रमलाई भगाईन्

१४ फाल्गुन २०७५, मंगलवार २१:२०
Maya Sansar Kagazpatra-Murchunga TV 2

हेटौँडा, १४ फागुन । ‘प्रेममा जातको के कुरा ? अनि मायामा धनसम्पत्तिको के कुरा ?’ मकवानपुरको हेटौँडाबाट कला क्षेत्रमा क्रियाशिल ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिको भर्खरै रिलिज भएको नयाँ कभर भिडियोले यही सन्देश दिन्छ । आउँदो चैत्र ८ गते प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘कागजपत्र’ को ‘माया संसार’ बोलको गीतमा कभर भिडियो तयार पारिएको हो ।

ओपेराका संचालक, नृत्य प्रशिक्षक तथा कलाकार विक्रम लुङ्वाको परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा विक्रमसहित रायु घले, अर्पणा सुनुवार र लुमी गोलेको अभिनय रहेको छ । जात नमिलेकै कारण कथित भेदभावयुक्त जातमा जन्मिएका युवक पात्र (रायु) र युवती (अर्पणा) बिचको कारुणिक प्रेम भिडियोमा देख्न सकिन्छ । अनि सहरी जीवनमा हुर्केकी युवती (लुमी) र गाउँले कृषकका छोरा (विक्रम) बिचको प्रेम पनि भिडियोको रोचक पक्ष हो । सागर राईको छायाँकन रहेको कभर भिडियोलाई रायु घलेले सम्पादन तथा कलरिङ गरेका हुन् । हेर्नुहोस् भिडियो–

ओपेराको यस अघि नै सार्वजनिक गरिएको ‘पिरतीको मिठो तिर्सना’ कभर भिडियो निकै चर्चित बनेको थियो । उक्त भिडियोमा रायु घले र रिकिता क्षेत्रीको अभिनयलाई निकै नै रुचाइएको थियो ।
चलचित्र कागजपत्रको ‘माया संसार’ ओरिजिनल गीतलाई यो सामाग्री तयार पार्दाको समयमा ८ लाख १३ हजारभन्दा बढी पटक हेरिएको छ । हर्कुलेस बस्नेतको शब्द तथा आवाजमा सजिएको गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, जीवन भारती, लक्ष्मी बर्देवा, अर्जेश रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र अपिल विष्टको लेखन निर्देशनमा बनेको हो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*