मानवसेवा आश्रमको ज्ञान विज्ञान अनुष्ठान उद्घाटन, शान्ति कलश यात्रा

१४ फाल्गुन २०७५, मंगलवार ०६:३९
Manav Sewa Aashram anusthan-Murchunga TV 1

हेटौँडा, १४ फागुन । मानवता प्रवद्र्धन एंव मानवसेवा आश्रमको भवन निर्माण सम्पन्न गर्ने उदेश्यका साथ फागुन १३ गते सोमबारदेखि मानवसेवा आश्रमको आयोजनामा ज्ञान विज्ञान अनुष्ठान सुरु भएको छ । कार्यक्रमको सुरुवातका अवसरमा हेटौँडा ९ मा अवस्थित कुश्माण्ड सरोवर त्रिवेणीधामबाट शान्ति कलश यात्रा गरिएको छ । कुश्माण्डा सरोवर त्रिवेणीधामबाट सुरु भएको कलश यात्राले हेटौँडा ९ लामसुरे धापमा रहेको मानवसेवा आश्रमको भवननिर्माण स्थलमा आई पूर्णता पाएको थियो । कलश यात्रापश्चात अनुष्ठानको औपचारिक उद्घाटन गरिएको हो ।

मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठान समारोह मुल आयोजक समारोह समितिका अध्यक्ष पुरण बहादुर जोशीको अध्यक्षता तथा ३ नम्बर प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रतिनिधीसभा सदस्य विरोध खतिवडा, ३ नम्बर प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलाल, मानवसेवा आश्रमका प्रमुख संरक्षक डाक्टर गोविन्द टण्डन, मानवसेवा आश्रमका सद्भावना दुत बरिष्ठ हाँस्य कलाकार महजोडी मदनकृष्ठ श्रेष्ठ एंव हरिवंश आचार्य, प्रदेश सभा सदस्य मुनु सिग्देल, ३ नम्बर प्रदेश मुख्य सचिव आनन्द राज ढकाल, हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबोल महत, महायज्ञका प्रमुख वाचक चैतन्यकृष्ण महाराजजी लगायतको आतिथ्यता रहेको थियो ।

मानवसेवा आश्रमको भवन निर्माण सम्पन्न गर्ने उदेश्य राखी आयोजना गरिएको मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठानको उद्घाटन समारोहमा नै १७ लाख रुपैँयाको सहयोगको प्रतिवद्धत्ता भएको छ । जसमा हेटौँडा स्कुल अफ म्यानेजमेन्टको तर्फबाट पुरण ब. जोशीले १० लाख, पञ्चसिद्धी फाउण्डेशनका सेद्दीलाल श्रेष्ठले १ लाख, मह सञ्चारका तर्फबाट १ लाख ध्रुबराज भट्टराईको तर्फबाट ५५ हजार ५ सय ५५, डा.कपिल देव उपाध्यायबाट ५१ हजार, कलाकार मदन कृष्ण श्रेष्ठबाट ५० हजार, नेपाली पाठशाला ईपिलेट,अष्ट्रेलियाका तर्फबाट कलाकार हरिवंश आचार्यबाट ५० हजार सहित अन्य सहयोगी दाताहरुले सहयोगको प्रतिवद्धत्ता जनाएका हुन् ।

२० गतेसम्म चल्ने कार्यक्रमले असल, चरित्रवान, सामाजिक भावनाले मानवताप्रेमी नागरिक निर्माण गर्ने, मानवसेवा आश्रमको भवननिर्माण स्थललाई पूर्णता दिई गृहप्रवेशको लागि आवश्यक सामाग्रीहरुको प्रबन्ध गराउने र मानवसेवा आश्रम केन्द्रीय अक्षयकोषको स्थापना गर्ने उद्देश्य राखेको छ । कार्यक्रममा श्रीमद्भागवत गीताको मानवता प्रवद्र्धन सम्बन्धमा दार्शनिक, रहस्यमय, व्यवहारिक र जीवनोपयोगी प्रवचन, सबै धर्म र परम्पराका विशिष्ठ गुरुहरूको सामूहिक उपस्थिति र मानवता, करुणा, परोपकार, जीवन, सह–अस्तित्व, भातृत्व लगाएत विभिन्न विषयमा प्रवचन हुने बताइएको छ । यसैगरी नाटक, झाँकीहरु, भजन, गीत संगितहरु, राष्ट्रिय कलाकारहरु द्वारा बेजोड सांस्कृतिक प्रस्तुती, विभिन्न विधामा राष्ट्र र समाजको लागि सकारात्मक रुपान्तरणको लागि विशिष्ट राष्ट्र सेवा गर्नुहुने राष्ट्रिय व्यक्तिहरूलाई सम्मान, विद्यार्थी र युवा समुदायलाई नैतिक शिक्षा, नशा मुक्त जीवन र राष्ट्रसेवा विषयक विशिष्ठ प्रस्तुती, गोव्रति योगी सोमराज द्वारा दैनिका विहान ५ बजे देखि ७ बजे सम्म सर्वाङ्ग योग विज्ञान प्रशिक्षण हुनेछ । अपराधमुक्त समाज, हिंसा मुक्त घर र तनावमुक्त मन निर्माणका लागि विशिष्ठ कार्यक्रमहरु, व्यक्तित्व विकास, समय व्यवस्थापन र आध्यात्मिक साधाना विषय प्रस्तुतीहरु, मौलिक संस्कृति परम्परा र संस्कारको संरक्षण गर्दै ज्ञान विज्ञान विषयक कार्यक्रम, ११ करोड वेलपत्र द्वारा राष्ट्र शान्तिको पवित्र उद्देश्य राखी भगवान शिवको आरधना गर्दै कार्यक्रममा सभा करोड बत्ति बालिने मानव सेवा आश्रमले जनाएको छ ।

करिब पाँच करोड अनुमानित लागत रहेको यस भवनमा हालसम्म २ करोड ५१ लाख ५९ हजार रुपियाँ खर्च भैसकेको छ । तेस्रो तल्ला समेत थपेर गृहप्रवेश गराउन आवश्यक सम्पुर्ण सामाग्रीहरु वेड, विस्तारा, भान्सा सामाग्री, मेडिकल सामाग्री, फर्निचरलगायत आवश्यक सामाग्रीहरुको प्रबन्ध मिलाउन करिब दुई करोड खर्च हुने आश्रमले जनाएको छ ।


यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*